सङ्गीत र नाट्यकला भावी पुस्ताका लागि महत्वपूर्ण सम्पत्ति : राष्ट्रपति पौडेल

Published on

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्गीत र नाट्य कला समाजको अभिन्न अङ्ग भएको र यो हाम्रो पहिचान, इतिहास र भावी पुस्ताका लागि महत्वपूर्ण सम्पत्ति भएको बताउनुभएको छ। शीतल निवासमा बुधबार भएको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० वितरण समारोहमा बोल्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । नेपाल प्राकृतिक तथा सांस्कृतिक विविधताले समृद्ध मुलुक हो, हाम्रा पुर्खाहरूले हामीलाई धरोहरका रुपमा छोडिगएका धर्म, दर्शन, कला र संस्कृति नै हाम्रो राष्ट्रिय जीवनका परिचायक हुन् उहाँले भन्नुभयो, “देशका अमूल्य कला र संस्कृतिलाई सुरक्षित गरी यीनमा नविन विशेषताहरू जोड्दै जानु आजको चेतनशील समाजको कर्तव्य हो । उहाँले हामीले इतिहासमा गर्व गरेर मात्र पुग्दैन, इतिहास निर्माण गर्ने काममा पनि सदा प्रयत्नशील हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । हाम्रो देशका संस्कृति साधक, साहित्यकार, कलाकारहरूले सधैं सचेत र संवेदनशील रही सांस्कृतिक उत्थान एवम् राष्ट्रिय एकतालाई सवल बनाउने कार्यमा आफूलाई समर्पित गर्दै आउनु खुशीको विषय भएको उहाँको भनाइ थियो ।

नेपालको सांस्कृतिक धरोहरलाई जोगाउने र यसलाई विश्वभरि चिनाउन यस क्षेत्रमा क्रियाशील व्यक्तिहरुको योगदान अविस्मरणीय रहेको उहाँले उल्लेख गर्नुभयो । “संस्कृति नेपालीहरूको जीवनशैली हो र संस्कृति नेपालीको पहिचान पनि हो”, राष्ट्रपति पौडेलले भन्नुभयो । सरकारले नेपाली सङ्गीत, नृत्य एवम् नाटक संस्कृति र वाङ्मयको विकासका लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्थापना गरेको र प्रतिष्ठानले देशभर सङ्गीत, नृत्य र नाटकसम्बन्धी उत्सव, प्रशिक्षण, खोज, सम्मान र अन्वेषणात्मक कार्य गरिरहेको जानकारी पाउँदा खुशी लागेको उहाँले बताउनुभयो । “स्रष्टाको सम्मानले प्रतिभालाई सिर्जनाको क्षेत्रमा कर्मशील हुने प्रेरणा प्रदान गर्दछ, अग्रज स्रष्टाको सम्मान गर्नु सम्पूर्ण संस्कृति र सिर्जनालाई सम्मान गर्नु हो, यस्तो परिपाटीले विश्वमा राष्ट्रको सभ्यताको परिचय दिन्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले साधकहरूको समुचित सम्मानले साधनाको सम्मान हुन्छ र यो सम्मानको परम्परालाई अरु अर्थपूर्ण, अरु गतिशील पार्नु समयको आवश्यकता रहेको बताउनुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कारबाट वरिष्ठ रङ्गकर्मी हरिहर शर्मा, लोकगायक बोमबहादुर कार्की, शास्त्रीय सङ्गीत साधक चन्दनकुमार श्रेष्ठ, नृत्य निर्देशक जोगेन्द्र केसी, नाटककार गोपाल देवान र गायिका तारा थापालाई पुरस्कृत गर्नुभयो ।

ताजा समाचार

परराष्ट्रमन्त्री डा राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले...

प्रदर्शनकारीद्वारा बङ्गलादेशका सरकारी भवनमा आागजनी

काठमाडौं । बङ्गलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा प्रदर्शनकारीले एकैदिन धेरै सरकारी भवनमा आगो लगाइदिएका...

ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई...

भगवानको कृपाले म बाँचे : पूर्वराष्ट्रपति ट्रम्प

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति एवम् रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आइतबार भएको...