महिला सवालमा नेतृहरु उभिनुपर्छ : उपसभामुख राना

Published on

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले ‘उप’ को पनि जिम्मेवारी हुन्छ भन्ने बुझ्नुपर्ने बताउनुभएको छ । शान्ति, न्याय र लोकतन्त्रको लागि महिला सञ्जाल ‘संकल्प’ ले बुधबार राजधानीमा आयोजना गरेको एकीकृत निर्वाचन मस्यौदा ऐनको विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । उहाँले राजनीतिक दलभित्रका नेतृले महिलाको सवालमा उभिनुपर्ने तर्क गर्नुभयो । नेकपा (एमाले) का नेतृ बिन्दा पाण्डेले नेपालको संविधानको धारा ३८ मा व्यवस्था भए बमोजिमको अधिकारलाई कसैले नकार्न नसक्ने बताउनुभयो । पाण्डेले भन्नुभयो, “समानुपातिक सहभागिताको कुरा हामीले माग गरेका होइनौंं, संविधानले माग गरेको हो । प्रत्यक्ष निर्वाचनबाट र समानुपातिकबाट पनि आउन नसकेको अवस्थामा सीमान्तकृत समुदायबाट प्रतिनिधि हुने खालको हुनुपर्छ । संविधानको धारा ३८ सँग बाँझिएको कानुन संशोधन गर्ने काम गर्नपर्छ ।”

नेकपा (माओवादी केन्द्र) की नेतृ शशी श्रेष्ठले निर्वाचन आयोगलाई निर्वाचनमा महिला उम्मेदवारको सुनिश्चितताका सम्बन्धमा विगतमा पनि सुझाव दिइएको भन्नुहुँदै संविधानको मौलिक हकमा रहेको अकाट्य विषयमा टेकेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले एकीकृत निर्वाचन ऐन र राजनीतिक दलसम्बन्धी ऐनलाई एकै ठाउँमा जोडेर लानुपर्ने सुझाव दिनुभयो । समानुपातिकको सिद्धान्तलाई अन्तर्राष्ट्रिय अभ्यासमा लानुपर्ने उहाँको भनाइ छ । गृह मन्त्रालयका कानुन महाशाखाका सहसचिव भरतमणी रिजालले मतदाता नामावलीमा समेत महिलाको सङ्ख्या कम रहेको बताउनुभयो । मतदानका दिनमा सवारी साधन नचल्ने र घरधन्दामा बढी व्यस्त भएका कारण महिलाको सहभागीता कम रहने गरेको उहाँको भनाइ छ । उहाँले निर्वाचनमा सबैको सहज पहुँच, निर्वाचन अपाङ्गमैत्री कसरी बनाउने भन्ने सन्दर्भमा संकलन भएका सुझावमाथि गृह मन्त्रालयमा छलफल गरिने भनाइ राख्नुभयो । यससँगै महिला उम्मेदवारको ५० प्रतिशत प्रतिनिधित्वको सवालमा पनि निर्वाचन आयोग र गृह मन्त्रालयबिच छलफल हुने उहाँको भनाइ छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...