‘निजामती सेवालाई प्रभावकारी बनाउन जरुरी’

Published on

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजामती सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन सबैको सहयोग जरुरी रहेको बताउनुभएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज ऊर्जासचिव सुशीलचन्द्र तिवारीको बिदाइ समारोहलाई सम्बोधन गर्दै उहाँले तर्कबाट भन्दा पनि सेवाबाट नै निजामती सेवाको मान, प्रतिष्ठा बढाउन कर्मचारी संयन्त्र लाग्नुपर्ने बताउनुभयो । उमेर हदका कारण सचिव तिवारीले आजदेखि अवकाश पाउनुभएको छ । मन्त्री बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि मन्त्रालयले खेलेको भूमिका महत्त्वपूर्ण रहेको र त्यसमा सचिव तिवारीजस्तै राष्ट्र सेवकको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।

उहाँले ऊर्जा क्षेत्रमा गरिएको कामको परिणाम आजको भोलि नआउने भएकाले आगामी दिनमा अपेक्षित नतिजा हासिल हुने स्पष्ट पार्नुभयो । मन्त्री बस्नेतले उमेर हदका कारण निजामती सेवाबाट अवकाश भए पनि उहाँको योग्यता, क्षमता र विज्ञता मुलुकले प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले खादा माला र मायाको चिनो दिएर सचिव तिवारीको बिदाइ गर्नुभयो । सो अवसरमा सचिव तिवारीले आफ्नो ३१ वर्षे सरकारी सेवाको अनुभव सुनाउँदै सक्रियता र जनउत्तरदायी कर्तव्यले सरकारी कर्मचारीलाई सफल बनाउने बताउनुभयो । कार्यक्रममा जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्मा, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले सेवानिवृत्त भए पनि सक्रिय जीवनमा रहन र आफ्नो क्षमता र विज्ञताको उपयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा मन्त्रालय र मातहतका निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो । रासस

ताजा समाचार

अव्यवस्थित सहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित सहरीकरणले विश्वमै समस्या ल्याएको र...

‘याक संरक्षणका लागि सङ्गठित प्रयास आवश्यक’

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले याकपालनले हिमाली समुदायको आयआर्जन, खाद्य र...

पाँच सय कृषकको भागमा सात बोरा मल

काठमाडौँ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का करिब पाँच सय कृषक व्यावसायिक तरकारी खेतीमा संलग्न...

पर्यटन विकास कार्यालय गौर दुई कर्मचारीको भरमा

काठमाडौँ । रौतहटको गौरमा रहेको पर्यटन विकास कार्यालय दुई जना कर्मचारीको भरमा चलेको छ...