‘निजामती सेवालाई प्रभावकारी बनाउन जरुरी’

Published on

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजामती सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन सबैको सहयोग जरुरी रहेको बताउनुभएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज ऊर्जासचिव सुशीलचन्द्र तिवारीको बिदाइ समारोहलाई सम्बोधन गर्दै उहाँले तर्कबाट भन्दा पनि सेवाबाट नै निजामती सेवाको मान, प्रतिष्ठा बढाउन कर्मचारी संयन्त्र लाग्नुपर्ने बताउनुभयो । उमेर हदका कारण सचिव तिवारीले आजदेखि अवकाश पाउनुभएको छ । मन्त्री बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि मन्त्रालयले खेलेको भूमिका महत्त्वपूर्ण रहेको र त्यसमा सचिव तिवारीजस्तै राष्ट्र सेवकको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।

उहाँले ऊर्जा क्षेत्रमा गरिएको कामको परिणाम आजको भोलि नआउने भएकाले आगामी दिनमा अपेक्षित नतिजा हासिल हुने स्पष्ट पार्नुभयो । मन्त्री बस्नेतले उमेर हदका कारण निजामती सेवाबाट अवकाश भए पनि उहाँको योग्यता, क्षमता र विज्ञता मुलुकले प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले खादा माला र मायाको चिनो दिएर सचिव तिवारीको बिदाइ गर्नुभयो । सो अवसरमा सचिव तिवारीले आफ्नो ३१ वर्षे सरकारी सेवाको अनुभव सुनाउँदै सक्रियता र जनउत्तरदायी कर्तव्यले सरकारी कर्मचारीलाई सफल बनाउने बताउनुभयो । कार्यक्रममा जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्मा, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले सेवानिवृत्त भए पनि सक्रिय जीवनमा रहन र आफ्नो क्षमता र विज्ञताको उपयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा मन्त्रालय र मातहतका निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...