निबन्ध लेखन तथा वक्तृत्वकलामा विद्यार्थी पुरस्कृत

Published on

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले ११ औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता तथा सातौँ वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न गरेको छ । ‘दक्षिण एसियाको आर्थिक विकासमा महिलाको भूमिका’ विषयक निबन्ध लेखन प्रतियोगितामा विश्व निकेतन माध्यमिक विद्यालयका छात्रा इशा बराल प्रथम हुनुभएको छ । उहाँलाई स्वर्ण पदक, प्रमाणपत्र र नगद ४० हजार रुपियाँले सम्मानित गरिएको छ । प्रतियोगितमा तिलिङ्गाटार माध्यामिक विद्यालयका छात्र मोहित वाग्ले दोस्रो हुनुभयो । उहाँलाई रजत पदक, प्रमाणपत्र र ३० हजार रुपियाँ नगदसहित सम्मान गरियो । त्यस्तै, सोही विद्यालयका छात्र श्रीशान्त श्रेष्ठले तेस्रो स्थान हासिल गर्नुभयो । उहाँलाई काश्य पदक, प्रमाणपत्र र २५ हजार रुपियाँसहित सम्मानित गरियो ।

प्रतियोगितामा सहभागी १८१ विद्यार्थीमध्ये १२ जनालाई सान्त्वना पुरस्कार स्वरुप जनही पाँच हजार रुपियाँसहित सम्मानपत्र प्रदान गरिएको छ । यस्तै, ‘दक्षिण एसियाली देशहरुका लागि आर्थिक विकास र सामाजिक उत्थानमा क्षेत्रीय सम्पर्क सञ्जालको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयका छात्रा वर्षाकुमारी रावत प्रथम हुनुभयो । उहाँलाई स्वर्ण पदक, प्रमाणपत्र र नगद ४० हजार रुपियाँ प्रदान गरियो । प्रतियोगितमा नेसनल ल क्याम्सका छात्रा सोनिका न्यौपाने दोस्रो हुनुभयो । उहाँले रजत पदक, प्रमाणपत्र र नगद ३० हजार रुपियाँ प्राप्त गर्नुभयो । सेन्ट जेभियर कलेजका छात्र वीरेन्द्र श्रेष्ठले तेस्रो स्थान हासिल गर्दै काश्य पदक, प्रमाणपत्र र नगद २५ हजार रुपियाँ प्राप्त गनुभयो । प्रतियोगितमा सहभागी विद्यार्थीमध्ये १३ जनालाई सान्त्वना पुरस्कार स्वरुप जनही पाँच हजार रुपियाँसहित सम्मानपत्र प्रदान गरियो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलति प्राध्यापक भोला थापा र नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले बुधवार आयोजित समारोहमा पुरस्कार प्रदान गर्नुभयो । त्यस अवसरमा उपकुलपति थापाले यस्ता प्रतियोगिताले सुनौलो भविष्य निर्माण गर्न नेपाली विद्यार्थीलाई लाभ पुग्ने बताउनुभयो । पछिल्लो समय गाउँबाट सहर र सहरबाट बाह्य मुलुकमा बसाइँ सर्नेको सङ्ख्या बढ्दो रहेको बताउँदै उहाँले समाजका लागि केही गर्न सक्ने सम्भावना बोकेका बौद्विक शक्तिसमेत बाहिरिनु चिन्ताको विषय हो भन्नुभयो । त्यस्तैगरी, राजदूत हास्मीले प्रतियोगितमा सहभागी विद्यार्थीको प्रतिभाको प्रशंसा गर्दै भविष्यका चुनौतीलाई आत्मसात गर्न आह्वान गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...