आदिवासी विषय अध्ययन गर्ने विद्यार्थीलाई नेफिनले छात्रवृत्ति प्रदान गर्ने

Published on

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले ‘आदिवासी शिक्षा अध्ययन’ गर्ने विद्यार्थीलाई रिसर्चका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । काठमाडौँ विश्वविद्यालयले गत शैक्षिक वर्षदेखि आदिवासी जनजाति र विकास विषयमा एक वर्षे स्नातकोत्तरको अध्यापन सुरुआत गरेको छ । यस विषयको अध्ययन र अध्यापनले प्रत्येक वर्ष आदिवासी जनजातिको क्षेत्रमा योगदान दिन सक्ने उल्लेख्य अनुसन्धानकर्ता र अध्येताहरु उत्पादन हुने विश्वास लिइएको छ । सोही सन्दर्भमा नेफिनले आदिवासी शिक्षा र विकास विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रमका क्रममा आदिवासी जनजाति अध्ययन गर्ने विद्यार्थीहरुका लागि छात्रबृत्ति प्रदान गरिने नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिनुभयो ।

आदिवासी विषयमा काठमाडौँ विश्वविद्यालयले सुरुआत गरेको अध्ययन अध्यापनले आदिवासीका विषयमा आदिवासी समुदाय तथा गैर आदिवासी अध्ययेताहरुले अध्ययन गर्ने अवस्थाको सिर्जना हुने उहाकोे भनाई थियो । खास गरी रिसर्चका लागि र इन्टर्नशिपका लागि छात्रवृत्ति दिने तयारी गरिएको नेफिनका बरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती भुजेलले जानकारी दिनुभयो । त्यसका निम्ति पछि नियम बनाएर दिइने उहाँले बताउनुभयो । ‘काठमाडौँ विश्वविद्यालयमा आदिवासी जनजाति विषयमा अध्ययन सुरु भएको छ । जो निकै राम्रो विषय हो’, उहाले भन्नुभयो, ‘त्यसमा नेफिनले रिसर्च र इन्टर्नशिपका निम्ति सहयोग गर्छ । कसरी दिने भनेर नियम बनाएर अगाडि बढाइनेछ । काठमाडौँ विश्वविद्यालयले गत वर्षदेखि आदिवासी जनजाति विषयमा एक वर्षे स्नातकोत्तर अध्ययन सुरु गरेको छ । कोलोम्बिया विश्वविद्यालय र नेफिनको सहकार्य रहेको उक्त अध्ययनमा एक वर्षमा २५ जनाले अध्ययन गर्दै आएका छन् । कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापकहरु डा।इन्द्रमणि याम्फू, डा।लिना गुरुङ, डा।सुरेश गौतम, डा।प्रकाशचन्द्र भट्टराई, किरात याक्थुम चुम्लुङका अध्यक्ष प्रेम याक्तेनलगायतले आदिवासी शिक्षाले आदिवासीको ज्ञानलाई फैलाउन मद्दत गर्ने बताएका थिए ।

आदिवासी ज्ञान जीवनोपयोगी, व्यवसायिक बनाउनुपर्ने बताएका थिए । नेपालमा पहिलो पटक आदिवासी जनजाति विषयमा अध्ययन सुरु भएको भन्दै उनीहरुले यसले आदिवासीहरुको ज्ञान, सीप पश्चिमा शिक्षाको शैली भन्दा पृथक प्रकृतिको शैक्षिक पद्दतीका हिसाबले अध्ययनमा आधारित गर्न खोजिएको बताएका थिए । यसअघि आदिवासीमाथि अध्ययन भइरहेको भएपनि अब आदिवासीद्वारा नै आदिवासीमाथि अध्ययन गर्नुपर्ने उनीहरुको भनाई थियो । सहभागीहरुले एक वर्षे मार्टर डिग्रीलाई दुई वर्ष बनाउनुपर्ने सुझावसमेत दिएका थिए ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...