एसइई : बाजुराका एक हजार विद्यार्थी मात्र उत्तीर्ण

Published on

काठमाडौं । बाजुरामा एक हजार विद्यार्थी मात्र एसइईमा उत्तीर्ण भएका छन् । शिक्षा विकास समन्वय इकाई बाजुराका सूचना अधिकारी लालबहादुर विष्टले एसइई परीक्षामा सहभागी भएका दुई हजार ८३४ मध्ये एक हजार विद्यार्थी मात्र उत्तीर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाजुरामा नियमित दुई हजार ८३४ विद्यार्थीमा एक हजार ४८७ छात्रा र एक हजार ३४७ छात्र परीक्षामा सहभागी भएका थिए ।

एसइई परीक्षामा सहभागी भएका मध्ये एक हजार विद्यार्थीमा उत्तीर्ण र एक हजार ८३४ जना एनजीमा रहेको सूचना अधिकारी विष्टले बताउनुभयो । २०८० को एसइईमा बाजुराका ६७ विद्यालय सहभागी भएका थिए । जसमा १५ वटा परीक्षा केन्द्र तोकेका थिए । यस तीन वटा प्राविधिक र एक वटा धार्मिक विद्यार्थी पनि सहभागी भएको शिक्षा विकास समन्वय समिति बाजुराले जनाएको छ । गोरखापत्र

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...