राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको छ : मन्त्री शर्मा

Published on

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति भन्नासाथ नाक खुम्च्याउने स्थिति सिर्जना भएको बताउनुभएको छ । बिहीबार काठमाडौँमा नेपाल साहित्यिक पत्रकार संघको १८ औं स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।उहाँले राजनीति देशको मुल नीति भए पनि आज आएर भ्रष्टीकरणका कारण नाक खुम्चाउने स्थिति भएको बताउनुभयो । उहाँले राजनीति देशको माउ नीति भएको राजनीति नसुधारीकन अन्य क्षेत्र सुधार गर्छु भनेर सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले राजनीतिलाई सुधार गर्न सबैले सोच विचार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले साहित्यिक क्षेत्रबाट पनि राजनीतिक सुधारका लागि आवश्यक काम हुुनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले समाज भ्रष्टीकरणमा गइरहेको बताउनुभयो । उहाँले सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारीलाई पूरा गर्नु सबै नागरिकको दायित्व भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज आएर राजनीति भन्दा किन सबैले नाक खुम्च्याउने विषय बन्दैछ । आखिर राजनीति त देशको मुल नीति हो । यो माउ नीति हो । यो मुल नीति, माउ नीति नसच्चिएसम्म नसुध्रिकन अरु तमाम क्षेत्र सुधार्छु भनेर सम्भव छैन । उहाँले राजनीतिलाई कसरी सुधार गर्ने, कसरी अघि बढाउने भन्ने विषयमा सबैले घोत्लिएर सोच्नुपर्ने समय आएको बताउनुभयो । ‘‘हिजो जसरी समाज परिवर्तनमा तपाईंहरुले हामीलाई हात समाएर डोर्याउनुभयो । त्यसैगरी आज पनि आवश्यकता छ । अहिले समाज जुन ढंगले स्खलित भएको छ, जसरी भ्रष्टीकरणमा जान खोज्दैछ’, उहाँले भन्नुभयो, ‘सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारी हाम्रो हो । साहित्य क्षेत्रमा लाग्नुभएका व्यक्तिहरुले पे्ररित गर्नुपर्ने हुन्छ । मन्त्री शर्माले सरकारले साहित्यिक पत्रकारितालाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको बताउनुभयो । अहिले सूचना र प्रविधिको युग भएकाले साहित्यलाई पनि सूचना र प्रविधिमैत्री बनाउन जरुरी रहेको उहाँको भनाइ छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...