कैलारीमा ११ कक्षाका लागि विद्यार्थी अभाव हुन सक्ने

Published on

काठमाडौं । कक्षा १२ सम्म पठनपाठन हुने पाँच वटा विद्यालय रहेको कैलारी गाउँपालिकामा ८.५८ प्रतिशत विद्यार्थीमात्रै माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण भएका छन् ।

नौ सामुदायिक विद्यालयबाट एसइई दिएका ५१५ जना विद्यार्थीमध्ये जम्मा ४४ जनामात्रै उत्तीर्ण भएका हुन । ९१.४५ प्रतिशत अर्थात् ४७१ जना विद्यार्थी परीक्षामा असफल भएका छन् । कक्षा ११ को पठनपाठन हुने विद्यालयका नतिजासमेत सन्तोषजनक छैन । एउटा विद्यालय त निल नै भएको छ । वडा नम्बर ७ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयबाट परीक्षा दिएका एक जना पनि विद्यार्थी उत्तीर्ण हुन नसकेका हुन् । पालिकामा कक्षा १२ सम्म पठनपाठन गराउने जनकल्याण माध्यमिक विद्यालयबाट चार, लक्ष्मी माध्यमिक विद्यालय पृथ्वीपुरबाट चार र जनता मावि गदरियाबाट पाँच जना विद्यार्थीमात्रै एसइई उत्तीर्ण भएका छन् । यसैगरी, दीपेन्द्र माध्यमिक विद्यालय हसुलिया र राष्ट्रिय मावि बिचैपुरबाट १४\१४ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

ग्रेड वृद्धि परीक्षामा पनि यस्तै नतिजा आए कक्षा ११ को पठनपाठनमा समस्या हुने कैलारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेश मिश्रले बताउनुभयो । उहाँले नतिजा सुधार गर्न नसकेका विद्यालयहरुको कक्षा घटुवा गरिने उल्लेख गर्नुभयो । बढी विद्यार्थी असफल भएका विषयहरुको हकमा कोचिङ कक्षाको व्यवस्था गाउँपालिकाले नै गर्न आवश्यक रहेको स्थानीय रेबन्त बोहराले जोड दिनुभयो । गाउँपालिकामा शिक्षा क्षेत्रका लागि तीन करोडसम्म बजेट रहने गरेको भन्दै उहाँले केही बजेट छुट्याएर कोचिङ कक्षा सञ्चालन गर्नुपर्ने औंल्याउनुभयो । बोहराले अहिलेको नतिजाले कैलारीमा १२ सम्म पठनपाठन सञ्चालन गर्न समस्या हुने बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...