कैलारीमा ११ कक्षाका लागि विद्यार्थी अभाव हुन सक्ने

Published on

काठमाडौं । कक्षा १२ सम्म पठनपाठन हुने पाँच वटा विद्यालय रहेको कैलारी गाउँपालिकामा ८.५८ प्रतिशत विद्यार्थीमात्रै माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण भएका छन् ।

नौ सामुदायिक विद्यालयबाट एसइई दिएका ५१५ जना विद्यार्थीमध्ये जम्मा ४४ जनामात्रै उत्तीर्ण भएका हुन । ९१.४५ प्रतिशत अर्थात् ४७१ जना विद्यार्थी परीक्षामा असफल भएका छन् । कक्षा ११ को पठनपाठन हुने विद्यालयका नतिजासमेत सन्तोषजनक छैन । एउटा विद्यालय त निल नै भएको छ । वडा नम्बर ७ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयबाट परीक्षा दिएका एक जना पनि विद्यार्थी उत्तीर्ण हुन नसकेका हुन् । पालिकामा कक्षा १२ सम्म पठनपाठन गराउने जनकल्याण माध्यमिक विद्यालयबाट चार, लक्ष्मी माध्यमिक विद्यालय पृथ्वीपुरबाट चार र जनता मावि गदरियाबाट पाँच जना विद्यार्थीमात्रै एसइई उत्तीर्ण भएका छन् । यसैगरी, दीपेन्द्र माध्यमिक विद्यालय हसुलिया र राष्ट्रिय मावि बिचैपुरबाट १४\१४ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

ग्रेड वृद्धि परीक्षामा पनि यस्तै नतिजा आए कक्षा ११ को पठनपाठनमा समस्या हुने कैलारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेश मिश्रले बताउनुभयो । उहाँले नतिजा सुधार गर्न नसकेका विद्यालयहरुको कक्षा घटुवा गरिने उल्लेख गर्नुभयो । बढी विद्यार्थी असफल भएका विषयहरुको हकमा कोचिङ कक्षाको व्यवस्था गाउँपालिकाले नै गर्न आवश्यक रहेको स्थानीय रेबन्त बोहराले जोड दिनुभयो । गाउँपालिकामा शिक्षा क्षेत्रका लागि तीन करोडसम्म बजेट रहने गरेको भन्दै उहाँले केही बजेट छुट्याएर कोचिङ कक्षा सञ्चालन गर्नुपर्ने औंल्याउनुभयो । बोहराले अहिलेको नतिजाले कैलारीमा १२ सम्म पठनपाठन सञ्चालन गर्न समस्या हुने बताउनुभयो ।

ताजा समाचार

प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ...

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...