अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने

Published on

काठमाडौं । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । करुणा फाउन्डेसन नेपालसँगको साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने भएको हो । उक्त कार्यक्रम सञ्चालन गर्न मिक्वाखोला गाउँपालिका र करुणा फाउन्डेसन नेपालबिच आइतबार सम्झौता भएको छ । मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र करुणा फाउन्डेसन नेपालकी वरिष्ठ कार्यक्रम व्यवस्थापक रुपा सिवाकोटीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । गाउँपालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुनेछ ।

अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम आगामी साउन महिनादेखि सुरु भएर २०८४ साल असार मसान्तसम्म सञ्चालन हुने थापाले बताउनुभयो । कार्यक्रमका लागि कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको लागत साझेदारी हुने उहाँले जानकारी दिनुभयो । करुणा फाउन्डेसन नेपालले भने प्राविधिक सहयोगसमेत गर्ने छ । कार्यक्रमका लागि आगामी आर्थिक वर्ष २०८१\०८२ मा ४६ लाख १८ हजार ९५० रुपियाँ खर्च गरिने छ । उक्त कुल बजेटमध्ये गाउँपालिका, सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनको समान १५ लाख ३९ हजार ६५० रुपियाँ रहेको छ । अपाङ्गता रोकथाम र पुनःस्थापनामा आधारित विभिन्न क्रियाकलापमा बजेट खर्च हुने पनि गाउँपालिका अध्यक्ष कार्कीका स्वकीय सचिव थापाले जानकारी दिनुभयो । कार्यक्रम सम्झौताको रोहबरमा गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पा, प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेव योङ्या, करुणा फाउन्डेसन नेपालका जिल्ला संयोजक केदार भण्डारी, पालिका संयोजक प्रदीपकुमार जोशीलगायत बस्नुभएको छ । यसअघि मेरिङ्देन गाउँपालिकामा पनि अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न गाउँपालिका र करुणा फाउन्डेसनबिच सम्झौता भइसकेको छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...