जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा पर्‍यो : सभापति लामिछाने

Published on

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा परेको बताउनुभएको छ। आइतबार काठमाडौँमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले मुलुक अफ्ठ्यारोमा छ भन्नेकुरा २००७ सादेखि भन्दै आएको भन्दै मुलुक कहिल्यै पनि अनुकुलतामा नहुने कुरा स्पष्ट भएको बताउनुभयो। उहाँले मुलुक अफ्ठ्यारो जनता, किसानले नभइ नेतृत्वले नै पारेको जिकिर गर्नुभयो। उहाँले नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै हुन नसकेको बताउनु भयो। उहाँले लोकतन्त्र खतरामा भए नेताहरुले चिन्ता गर्नेकुरा नरहेको र जनताले लोकतन्त्र बचाइदिने बताउनु भयो।

उहाँले भन्नुभयो, ‘‘मुलुक त सधैँ खतरामा हुने रहेछ। परिस्थिति त कहिल्यै अनुकुल हुने रहेनछ। सधैँ अफ्ठयारो पर्ने रहेछ। त्यो अफ्ठ्यारो के नेपाली जनताले पारेका हुन्। किसान, मजदुरले, काम गरेर खाने मान्छेले कसले अफ्ठ्यारोमा पार्‍यो रु म यहाँहरुलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। जब आम जनता र नेतृत्वको प्राथमिकतामा फरक आउँछ। त्यतिबेला मुलुक जहिले पनि अफ्ठ्यारोमा पर्छ। नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै भएन। अलग अलग भयो। लोकतन्त्र हामीले चिन्ता गर्ने विषय भयो। चिन्ता गर्नुपर्दैन। लोकतन्त्र खतरामा भए जोगाइदिने कार्यकर्ता छन्, जनता छन्। नेताहरुले चिन्ता गर्नुपर्दैन। नेताहरुले साँच्चिकै चिन्ता गर्ने हो भने नेतृत्व वर्गले विभिन्न सम्झौतामा हस्ताक्षर गरेको सुनेका छौँ। के आजसम्म नेतृत्वले ठूला विश्वविद्यालय बनेनन् कसरी बनेनन् आउनुस् यसमा छलफल गरौँ भनेर सर्वदलीय बैठक बोलाएको सुनाएका छौँ।’

उहाँले नेताले देश बनाउने कुरामा चिन्ता गर्नु आवश्यक रहेको बताउनुभयो।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...