उत्पादन र रोजगारसँग जोड्न महिलालाई तालिम

Published on

काठमाडौं । कावासोती नगरपालिकाले महिलाहरुलाई आयआर्जनसँग जोड्ने उद्देश्यले विभिन्न सीपमुलक तालिम प्रदान गर्दै आएको छ । हरेक महिलालाई उत्पादन र रोजगारसँग जोड्नु अहिलेको आवश्यकता रहेको भन्दै कावासोती नगरपालिकाले गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम अन्र्तगत महिलालाई ४५ दिने सिलाई कटाई तालिम दिइएको हो ।

कावासोती नगर उपप्रमुख फुलकुमारी थनेतले समाजमा महिला, पुरुषबिच समानता ल्याउन चुलोचौकोमा सिमित रहेका महिलाहरुलाई सीप सिकाई आर्थिक रुपमा सक्षम बनाउन अति जरुरी रहेकाले यो तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा प्रयोग गरी आत्मनिर्भर बन्न तालिममा सहभागी महिलाहरुलाई आग्रह समेत गर्नुभयो । महिलाहरूलाई स्वरोजगार बनाउन यसअघि कृषि, ब्युटिसियन लगायतका तालिमहरू पनि सञ्चालन गरेको उहाँको भनाइ छ । कावासोती ६ का सिवानी भुर्तेलले आफूले केहि सीप सिकेर उद्यमी बन्न सकौ भन्ने उद्धेश्यले सिलाई कटाईको तालिम लिन आएको बताउनुभयो । आत्मनिर्भर हुन सके सामाजिक र पारिवारीक रुपमा हेर्ने दृष्टिकोणमा फरक आउने साथै परनिर्भता हट्ने हुनाले यो तालिम सिक्ना पाउँदा खुसी लागेको बताउनुभयो । श्रीमानको भर नपरी आफैले सीप सिकेर व्यवसाय गर्ने सोच रहेको उहाँले बताउनुभयो छ ।

त्यस्तै, कावासोती कै अनुस्का अधिकारीले पनि सिलाइ कटाइको तालिमबाट व्यवसाय के हो कसरी सञ्चालन गर्ने भन्ने कुरा तालिमबाट सिकेको बताउनुभयो । तालिममा बच्चा र महिलाका कपडा लगायतका सामग्रीहरू बनाउन सिकेको अधिकारीले बताउनुभयो । महिलाहरुलाई सीप सिकाई स्वरोजगार र आत्मनिर्भर बनाउन, आफैले सीप सिकेर आर्थिक उपार्जन गर्न सकेमा महिला हिंसाको कमी हुनुका साथै सुखी परिवार बनाउन समेत टेवा पुग्ने कावासोती ६ का वडाध्यक्ष यम बहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, महिलालाई कावासोती नगरपालिका र ६ नम्बर वडाले ४५ दिनको सिलाई कटाइको तालिम दिएको हो । पहिलो लेभलको सकिएको छ अब दोस्रो लेवलको तालिम दिन सके सवै डिजाइन अनुसारका सामग्रीहरू बनाउन सक्षम हुनेछन् । तालिम दिइसकेपछि व्यवहारमा लाग्ने दिनुपर्छ अधुरो दिएर के गर्ने, सिलाई कटाइको दोस्रो तालिम पनि छिट्टै दिने योजना बनाएको उहाँले बताउनुभयो । उद्यमी नहुँदा माग अनुसार पुयाउन सकिएको छैन । स्थानीय तहले दिएको तालिमबाट गाउँगाउँमा महिला उद्यमी तयार हुने आशा छ । सीपमूलक तालिमहरु सञ्चालन भएपनि दिगो नभएको भन्दै यो तालिम लिएका महिलाहरुले पनि सिकेको सीपको सदुपयोग गरी आयआर्जनमा लाग्ने विश्वास व्यक्त गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...