नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अध्यक्षमा रसाइली

Published on

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घमा अर्जुन रसाइलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । काठमाडौँमा आयोजना भएको महासङ्घको नवौँ, १० औँ र ११ औँ वार्षिक साधारण सभा तथा चौथो महाअधिवेशनले रसाइलीको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । यस्तै महासङ्घको वरिष्ठ उपाध्यक्षमा दियसरत्न शाक्य, प्रथम उपाध्यक्षमा धर्मसुन्दर वज्राचार्य, दित्तीय उपाध्यक्षमा वुद्धि दियाली, तृतीय उपाध्यक्षमा रूपदल विश्वकर्मा, एसोसिएटस उपाध्यक्षमा पवन सोमानी र महासचिवमा किरणभाई वज्राचार्य निर्वाचित हुनुभएको हो । यस्तै कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवमा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित हुनुभएको हो ।

यस्तै प्रत्येक प्रदेशबाट दुई जनाका दरले निर्वाचित हुने सदस्यमा कोशीबाट राजकुमार गुप्ता र जयप्रकाश गजमेर, मधेशबाट विकासकुमार सारडा र मनोजकुमार सर्राफ, बागमतीबाट प्रकाशचन्द्र शाक्य र जीवन शाक्य, गण्डकीबाट हिमबहादुर विश्वकर्मा र विनोदकुमार विक, लुम्बिनीबाट भीमसिंह विके र सञ्जय सोनी, कर्णालीबाट ज्ञानेन्द्रबहादुर विश्वकर्मा र मेघराज सुनार तथा सुदूरपश्चिमबाट गणेशबहादुर सुनार र रमेशबहादुर सुनार निर्वाचित हुनुभएको हो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...