रातो नदी लिएर जुनु

Published on

काठमाडौं । हङकङमा बस्दै आउनुभएकी बागलुङकी कवि जुनु रानाको प्रथम कविताकृति ‘रातो नदी’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले सो कृतिको शनिबार सार्वजनिक गर्नुभएको हो । पूर्वकुलपति काइँलाले चेतनालाई पक्रेर कविता लेखिरहेका कविका कवितामाथि चल्तीका भनिएका समालोचकको आँखा नपुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली साहित्यले आज एउटा दर्बिलो कृति पाएको छ । मूलधार भनिने एउटा पक्षले यो नहेरे पनि फरक पर्दैन । यस कृतिमा सबैथोक छन्, विषयवस्तु ओजिला छन् । उहाँले भन्नुभयो, संरचना, विम्ब, प्रतीक र अलङ्कारको प्रयोग बढो राम्रो छ । कविले फारो गरेर शब्द चलाएकी छिन् । कवि तथा प्राज्ञ श्रवण मुकारुङले ‘कमन’ लागिरहेको विषयलाई कवि रानाले नयाँ कोणबाट प्रस्तुत गरेको चर्चा गर्नुभयो । कवि तथा समालोचक डा। विन्दु शर्मा, कवि तथा सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा र कवि तथा आख्यानकार बिना थिङले कृतिमाथि समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...