‘सशक्त र प्रभावकारी माध्यम चलचित्र’

Published on

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यम चलचित्र भएकाले मनोरञ्जन मात्र नभई सकारात्मक सन्देश प्रवाह गरिनुपर्ने बताउनुभएको छ ।

मन्त्री शर्माले पछिल्लो समय हामीले जुन ढङ्गले चलचित्रको विकास गर्ने भन्ने नीति लिएका छौँ त्यसलाई कसरी परिणाममा पु¥याउने भन्ने हाम्रो मुख्य चुनौती र कार्यभार भएको बताउनुभयो । सरकारका प्रवक्ता शर्माले चलचित्र विकास बोर्डले २४ औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो । कार्यक्रममा विकास बोर्डका कर्मचारीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । मन्त्री शर्माले चलचित्र मञ्च र नेपाली चलचित्र क्षेत्रका महिला कलाकारको अभिलेख भएको पुस्तक सार्वजनिक गर्नुभएको थियो । मन्त्री शर्माले हामीले प्राप्त गरेका उपलब्धिको गम्भीर समीक्षा गर्दै आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने नीति तय गर्नुहुने छ भन्ने विश्वास आफूले लिएको बताउनुभयो । उहाँले महिला चलचित्रकर्मीको मात्र अभिलेख राखेको पुस्तक निकाल्यो भनेर विरोध हुन सक्ने चर्चा गर्दै भन्नुभयो, “यो सुरुवात हो । यो अभिलेखीकरण गरेर राख्दा उहाँहरूप्रतिको सम्मान पनि हो । अहिलेका पुस्ताले हिजोका पु्स्तालाई कुन कष्टले कुन अफ्ठ्याराको बिचबाट चलचित्र क्षेत्रमा लाग्नुभएको थियो भन्ने बुझ्ने एउटा इतिहास पनि हो ।

उहाँले भन्नुभयो, “सबैको चिन्ताको विषय व्यवस्था बदलियौँ तर अवस्था बदल्न सकेनौँ भन्ने नै हो । हिजो व्यवस्था बदल्ने बेलामा थुप्रै कलाकर्मीले ज्यान गुमाउनुभएको थियो ।” उहाँले भन्नुभयो, “साहित्य कला भन्ने यस्तो कुरा रहेछ, जसले मान्छेको मन सजिलै परिवर्तन गर्न सक्छ । यो क्षेत्रका कलाकारका जुन समस्य छन्, हामीले सुनिरहेका छौँ । सबै चलचित्रकर्मीले जुन ढङ्गले व्यक्तिगत रूपमा समस्या भोग्नुभएको छ । राज्यको त्यता पनि ध्यान केन्द्रित भइरहेको छ । उहाँका अनुसार विकास बोर्डमा कोष स्थापना गरेर त्यसको पनि केही मात्रामा समाधान गर्ने कोसिस भइरहेको छ । यसका निम्ति आउने बजेटमा अझ बढाउने भनेर बोर्ड र मन्त्रालय निरन्तर छलफलमा पनि रहेको उहाँको भनाइ छ । मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले वार्षिकोत्सवको उपल्यक्षमा सम्पूर्णलाई शुभकामना व्यक्त गर्नुभयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...