‘सशक्त र प्रभावकारी माध्यम चलचित्र’

Published on

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यम चलचित्र भएकाले मनोरञ्जन मात्र नभई सकारात्मक सन्देश प्रवाह गरिनुपर्ने बताउनुभएको छ ।

मन्त्री शर्माले पछिल्लो समय हामीले जुन ढङ्गले चलचित्रको विकास गर्ने भन्ने नीति लिएका छौँ त्यसलाई कसरी परिणाममा पु¥याउने भन्ने हाम्रो मुख्य चुनौती र कार्यभार भएको बताउनुभयो । सरकारका प्रवक्ता शर्माले चलचित्र विकास बोर्डले २४ औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो । कार्यक्रममा विकास बोर्डका कर्मचारीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । मन्त्री शर्माले चलचित्र मञ्च र नेपाली चलचित्र क्षेत्रका महिला कलाकारको अभिलेख भएको पुस्तक सार्वजनिक गर्नुभएको थियो । मन्त्री शर्माले हामीले प्राप्त गरेका उपलब्धिको गम्भीर समीक्षा गर्दै आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने नीति तय गर्नुहुने छ भन्ने विश्वास आफूले लिएको बताउनुभयो । उहाँले महिला चलचित्रकर्मीको मात्र अभिलेख राखेको पुस्तक निकाल्यो भनेर विरोध हुन सक्ने चर्चा गर्दै भन्नुभयो, “यो सुरुवात हो । यो अभिलेखीकरण गरेर राख्दा उहाँहरूप्रतिको सम्मान पनि हो । अहिलेका पुस्ताले हिजोका पु्स्तालाई कुन कष्टले कुन अफ्ठ्याराको बिचबाट चलचित्र क्षेत्रमा लाग्नुभएको थियो भन्ने बुझ्ने एउटा इतिहास पनि हो ।

उहाँले भन्नुभयो, “सबैको चिन्ताको विषय व्यवस्था बदलियौँ तर अवस्था बदल्न सकेनौँ भन्ने नै हो । हिजो व्यवस्था बदल्ने बेलामा थुप्रै कलाकर्मीले ज्यान गुमाउनुभएको थियो ।” उहाँले भन्नुभयो, “साहित्य कला भन्ने यस्तो कुरा रहेछ, जसले मान्छेको मन सजिलै परिवर्तन गर्न सक्छ । यो क्षेत्रका कलाकारका जुन समस्य छन्, हामीले सुनिरहेका छौँ । सबै चलचित्रकर्मीले जुन ढङ्गले व्यक्तिगत रूपमा समस्या भोग्नुभएको छ । राज्यको त्यता पनि ध्यान केन्द्रित भइरहेको छ । उहाँका अनुसार विकास बोर्डमा कोष स्थापना गरेर त्यसको पनि केही मात्रामा समाधान गर्ने कोसिस भइरहेको छ । यसका निम्ति आउने बजेटमा अझ बढाउने भनेर बोर्ड र मन्त्रालय निरन्तर छलफलमा पनि रहेको उहाँको भनाइ छ । मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले वार्षिकोत्सवको उपल्यक्षमा सम्पूर्णलाई शुभकामना व्यक्त गर्नुभयो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...