बजेट टुक्य्राएर समितिमार्फत शीतभण्डार निर्माण

Published on

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–३, दाहालचौरमा निर्माणाधीन कृषि उपज तथा कोल्ड स्टोर (शीतभण्डार) निर्माण गर्दा उपभोक्ता समितिबाट गर्न सकिने सीमाभन्दा बढीको निर्माण कार्य गरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले गरेको आर्थिक वर्ष २०७९\८० को लेखा परीक्षण प्रतिवेदनमा सार्वजनिक खरिद नियमावलीले उपभोक्ता समितिबाट कार्य गराउन सकिने सीमाभन्दा बढीको निर्माण कार्य गराएको भन्दै एक करोड २२ लाख छ हजार ७७६ रुपियाँ अनियमित भएको देखाएको छ । नगरपालिकाले ‘नेपाल जलवायु नमुना कार्यव्रmम’ अन्तर्गत कृषि उपज तथा शीतभण्डार निर्माण गर्दा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ ९१०, ३९ ९५० र ४१९१० मा स्थानीय तहको स्वामित्व र भोगाधिकारमा नभएको सार्वजनिक जग्गामा नक्सा पास नै नगराई नगरपालिकाले कृषि उपज तथा कोल्ड स्टोर निर्माण गरेको महालेखाको लेखा परीक्षणमा उल्लेख छ । प्रतिवेदनमा नगरपालिकाले कोल्ड स्टोर भवन निर्माण गर्न एक करोड २२ लाख छ हजार ७७६ रुपियाँको लागत अनुमानलाई उपभोक्ता समितिबाट निर्माण कार्य गराउने प्रयोजनले टुक्य्राएर दुई चरणमा काम गरेको भनिएको छ ।

नगरपालिकाले उपभोक्ता समितिबाट काम गराउनका लागि ९९ करोड २१ लाख ८१६ रुपियाँ र २२ लाख ८४ हजार ९५९ रुपियाँमा कृषि उपज तथा कोल्ड स्टोर निर्माणका लागि उपभोक्ता समितिसँग दुई चरणमा सम्झौता गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार उपभोक्ता समितिबाट भवनका लागि जमिन सतह लेभलिङ गर्ने, सोलिङ गर्ने तथा पिल्लर राख्ने लगायतका काम गरेको हो । लेखा परीक्षणमा सोही कृषि उपज तथा शीतभण्डारको भवन निर्माणका लागि पुनः चालु आवमा उपभोक्ता समितिबाट बाँकी रहेको कार्य ठेक्का प्रव्रिmयाबाट गराउन दुई करोड छ लाख ६० हजार ५३१ रुपियाँ (भ्याट र पिएसबाहेक) को लागत अनुमान तयार गरी ३५ प्रतिशतभन्दा घटी अर्थात् एक करोड ३४ लाख १९ हजार ४८६ रुपियाँ (भ्याट र पिएसबाहेक) ठेक्का सम्झौता भएको देखिएको छ । ‘कृषि उपज तथा शीतभण्डार निर्माणको काम सुरुवाती चरणदेखि नै ठेक्का प्रव्रिmया अन्तर्गत भवन निर्माण कार्य गराएको भएमा उपभोक्ता समितिलाई भुक्तानी भएको रकमबाट ४२ लाख ७८ लाख ४७५ रुपियाँ नगरपालिकामा बचत हुन सक्ने देखिन्छ’ प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा उपभोक्ता समिति र ठेक्कामार्फत कार्य गर्दा पिसिसी फर आरसिसी (डन्डी हालेर गरिने ढलान), पिसिसी, फर्माको काम, माटो खन्ने काम, १ः६ को मसला बनाई ढुङ्गाको गारोको काम दोहोरिएको जनाएको छ । गोरखापत्र

ताजा समाचार

ट्रम्पको रिस टार्न खोज्दै मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता...

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्धन गर्ने उद्देश्यले...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका खेलाडी सहभागी हुने

काठमाडौँ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने...

बेवारिसे शव फेला

काठमाडौँ । बैतडीको खोड्पे बजारनजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान...