पर्यटनमा भविष्य खोज्दै चौबिसे

Published on

काठमाडौं । पर्यटकीय नगरी भेडेटारबाट पूर्वमा रहेको चौबिसे क्षेत्र धनकुटाको एक महìवपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको छ । यो क्षेत्र भएर जाने भेडेटार–राजारानी–रबिराँके सडक आसपास दर्जनौँ त्यस्ता स्थान छन् जसले पर्यटकलाई अधिक लोभ्याउने गर्छ । रानीताल, राजापोखरी, काँगडा ताल, तालमा निर्माण गरिएको नागदेवीको मन्दिर, रानीपोखरी, नागबेली पार्क, बिचमा पर्ने साना साना उपत्यका, अग्ला डाँडा, विभिन्न मन्दिर, थुम्की, मगर बस्ती तथा माझी बस्ती यहाँका मुख्य आकर्षण हुन् । पछिल्लो समय ती क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक पुग्ने गरेको चौबिसे गाउँपालिकाका उपाध्यक्ष टङ्कमाया पाङ्मीमगर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीसँग त्यस्ता धेरै स्थान छन् जसले पर्यटकलाई आकर्षित गर्छन् । पहिले पूर्वाधार अभावमा यी ओझेलमा थिए । अहिले सडक विकाससँगै पर्यटकीय गन्तव्य बन्दै छन् ।”

केही वर्षअघिसम्म रानीताल मात्र हेर्न पाइने चौबिसेमा अहिले भने अन्य तालसहित धेरै गन्तव्य थपिने व्रममा छन् । भेडेटार–राजारानी–रबिराँके सडकखण्ड निर्माणको व्रममा छ । डाँडैडाँडा निर्माण भएको यो सडक आफैँमा एक पर्यटकीय मार्ग हो । यो सडकबाट तराईको फाँटदेखि पहाडी डाँडा तथा विभिन्न हिमाल हेर्दै यात्रा गर्न सकिन्छ । यहाँका कला संस्कृतिसहित विभिन्न ताल, साना साना उपत्यका, झरना, मनमोहक थुम्कीले मन लोभ्याएको पाँचथरबाट घुम्न आउनुभएका सेनेहाङ लावती बताउनुहुन्छ । यो सडक निर्माण भएपछि चौबिसे गाउँपालिका पर्यटकको मुख्य रोजाइमा पर्न सफल हुने गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ बताउनुहुन्छ । अहिले पर्यटकीयस्थलमा पूर्वाधार निर्माणको काम गरिरहेको चौबिसेले भेडेटार–राजारानी–रबिराँके सडकखण्ड निर्माण सम्पन्न भएपछि पर्यटन वर्षका रूपमा घोषणा गरेर पर्यटक भिœयाउने तयारी पनि गरेको छ ।

पालिकाले अहिले ५२ पर्यटकीय गन्तव्य घोषणा गरेर पूर्वाधार निर्माणको काम गरिरहेको छ । करिब पाँच वर्षयता ती स्थलमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको गरी पाँच करोड रुपियाँभन्दा बढी लगानी भएको पालिका अध्यक्ष लिम्बू बताउनुहुन्छ । अझ धेरै काम बाँकी नै रहेकाले लगानी थपेर सुन्दर चौबिसे निर्माणको काममा लागेको उहाँको भनाइ छ । यी स्थानसम्म पुग्ने सडक, सिँढी, फुटपाथ, ताल निर्माणका लागि बाँध, वनभोेज स्थल आदि निर्माणको काम भइरहेको छ । चौबिसेको भविष्य कृषिसँगै पर्यटनमा रहेकाले अघिल्लो कार्यकालबाटै पर्यटन पूर्वाधारमा लगानी गरिरहेको चौबिसे गाउँपालिकाका निवर्तमान उपाध्यक्ष यज्ञकुमारी रुचाल बताउनुहुन्छ । अहिले त्यस क्षेत्रका स्थानीय पनि उत्साही हुने गरेका छन् । गोरखापत्र

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...