पाँच नक्कली कम्पनी सञ्चालन गरी ३२ सय केजी सुन तस्करी, १२ जना पक्राउ

Published on

काठमाडौं । नेपाल प्रहरीले पाँच वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी भएको बताएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाँच वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी गरेको पत्ता लागेको बताएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोले भुजेल इलेक्ट्रिक सप्लायर्स प्रा।लि।बाट एक हजार तीन सय तीन दशमलव ९६५ केजी, ह्वाडा इलेक्ट्रिक सप्लायर्स प्रा।लि।बाट ६३२.७९५ केजी, चुंगाक इलेक्ट्रिक सप्लायर्स प्रा।लि।बाट ७१६.८३ केजी, दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालिबाट १७०.८ र रेडि ट्रेड प्रालिबाट ७.५ केजी सुन पैठारी भएको बताएको हो ।

सुन तस्करी गर्नकै लागि यी कम्पनी खोलिएको र सामान भित्र लुकाएर सुन ल्याइएको दाबी सीआईबीको छ । प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले कम्पनीमार्फत कुल दुई हजार ८३१.८९ केजी सुन र कुल परिणाम २७ अर्ब ३२ करोड २० लाख ७४ हजार ७२० रुपियाँ हुन जाने बताउनुभयो । त्यस्तै ब्रेक सुजमा लुकाई छिपाई ल्याएको अवैध सुन ३६२.७७८ केजी, इलेकट्रोनिक मालवस्तुमा लुकाई छिपाई ल्याएको अवैध सुन २८ सय ३१.८९ केजी गरी कुल अवैध सुन तीन हजार १९४.६६८ केजी र जसको मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपियाँ बराबर रहेको उहाँले बताउनुभयो ।

पक्राउ पर्नेमा अवैध सुन खरिद गर्ने, गाल्ने पगाल्ने तथा बिक्री वितरणमा संलग्न भारतको महाराष्ट्रका २० वर्षीय सिद्धनाथ अशोक, सोही स्थानका वर्ष २१ का धिरज दिनेश भोईटे, सोही स्थानका वर्ष २१ कै प्रशान्त गणेश बजबलकर, स्थायी ठेगाना चीन सिचुआन प्रदेश छेदुङ भई हाल काठमाडौँ बस्ने वर्ष ४१ का राजु भोटो तथा कुंगा टासी भन्ने गेंगा जाक्छी, जिल्ला काभ्रेपलाञ्चोकका वर्ष ४४ का थर्कमान तामाङ भन्ने कान्छा लामा, पर्सा वीरगन्ज महानगरपालिका १६ का वर्ष ५३ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुरका वर्ष ३९ का राजु खत्री, धादिङका राजु थापा भन्ने प्रेमनाथ सेढाईं पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिवारीले जानकारी दिनुभयो । उहाँकाअनुसार पक्राउ पर्नेमा भारतको गुजरातका वर्ष ६१ का बैजनाथ ब्रह्मदत्त गोयल, चीन तिब्बत स्थायी वतन भई भारतमा तिब्बतीयन शरणार्थीको रूपमा रही हाल बौद्ध बस्ने वर्ष ३६ का सोनाम गुरुङ भन्ने सेराव ग्याल्मो, चितवनका वर्ष ४३ का एनजे भन्ने मनोजकाजी श्रेष्ठ, काभ्रेपलान्चोक भुल्मु १ का वर्ष २२ का रूपक भण्डारीलाई पक्राउ गरिएको छ ।

उनीहरूलाई भन्सार ऐन, २०६४, सङ्गठित अपराध निवारण ऐन, २०७०, मुलुकी अपराध संहिता, २०७, नागरिकता ऐन, २०२०, राहदनी ऐन, २०२४ र नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ आकर्षित हुने प्रहरीले बताएको छ । अवैध सुन कारोबारमा प्रत्यक्ष संलग्न १२ जनालाई दुई खर्ब ६६ अर्ब ६७ करोड नौ लाख नौ हजार ३०८ रुपियाँ बिगो मागदाबी गरिएको छ । भन्सार ऐन (अवैध सुन) तर्फ ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४४०.९० रुपियाँ, क्रिप्टो करेन्सीतर्फ एक खर्ब ४९ अर्ब ६८ लाख २८ करोड सात हजार ८८६ रुपियाँ, नेपाल राष्ट्र बैङ्क ऐनतर्फ ८६ अर्ब १४ करोड ६८ लाख ७४ हजार ९८२.७६ बिगो मागदाबी छ । त्यस्तै पेवेल नेपाल प्रा.लि. ६१ अर्ब ५० करोड २७ लाख नौ हजार २३३, सजिलो पे पेमेण्ट सर्भिसेज प्रा।लि।तर्फ १९ अर्ब ४६ करोड २५ लाख ७३ ७८५ र अन्य प्रतिवादीहरूबाट पाँच अर्ब १८ करोड १५ लाख ९१ ९६४.७६ बिगो माग दाबी गरिएको छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...