चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित

Published on

काठमाडौं । पूर्वी चीनको अन्हुई प्रान्तमा परेको व्यापक वर्षाले आठ लाख ११ हजार बासिन्दालाई प्रभावित बनाएको छ भने एक लाख ९५ हजार मानिसहरूलाई बासस्थान बाहिर निकाल्न बाध्य पारेको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् । प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका अनुसार आइतबार विहानसम्म, अन्हुईका छ प्रान्तीय शहर, ३५ काउन्टी तथा जिल्लाहरूमा वर्षाले भयानक क्षति पुर्‍याएको थियो । चीनको सबैभन्दा लामो याङ्जी नदीको अन्हुई खण्डमा पानीको तह खतराको रेखाभन्दा बढी कायम भएको छ । मुसलधारे वर्षाका कारण प्रान्तका अन्य १९ वटा नदीमा पनि पानी सतर्कताका लागि तोकिएको तहभन्दा माथि पुगेको छ ।

पछिल्लो २४ घण्टादेखि प्रान्तको ठुलो भूभागमा भारी वर्षा हुदाँ २५८ वटा स्टेसनमा एक सय मिलिमिटरभन्दा बढी वर्षा भएको देखिएको छ । योमध्ये सबैभन्दा अधिकतम वर्षा २५५ मिलिमिटर थियो । वर्षा र बाढीको आपतकालीन प्रतिक्रियामा, याङ्जी नदीको किनारमा रहेका पाँचवटा सहरसहित अन्हुईका आठवटा सहरका अधिकारीले कुल २६ हजार नागरिकलाई गस्ती गरी सावधानी अपनाउन भनेका छन् । अन्नहुई मौसम विज्ञान केन्द्रका अनुसार, आगामी २४ घण्टा देखि सोमबारसम्म, याङ्जे नदीको किनार र दक्षिणी क्षेत्रमा भारी वर्षा जारी रहने पूर्वानुमान गरिएको छ ।

चीनको याङ्जी नदीले २०२४ को बाढीको सबैभन्दा धेरै अनुभव गरिरहेको छ । मन्त्रालयले अन्हुई, जियाङ्सी, हुबेई र हुनान प्रान्तमा आपतकालीन बाढी प्रतिक्रिया स्तर तेस्रो स्तरमा बढाएको छ भने बाढी राहत प्रयासका लागि मार्ग निर्देशन प्रदान गर्न तत्काल चार अतिरिक्त कार्य टोली पठाएको छ । रासस\सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...