काठमाडौं । संविधान सभा सदस्य एवम् पूर्व मन्त्री जीतेन्द्र नारायण देव एमाले पार्टी प्रवेश गर्नुभएको छ । सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पूर्व राष्ट्रिय सभा सदस्य रहेका नेता जीतेन्द्रलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई स्वागत गर्नुभयो ।
उहाँसँगै संविधान सभा सदस्य एवम् लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका वरिष्ठ उपाध्यक्ष अकबाल अल्मद साह, अफजल मियाँ, सइंद अल्मद दगी, अब्दुल रहमान, फरिद अहमद अन्सारी, सलिम मुलमान, मौरनाना अब्दुल सलाम, जमाल मुसलमान, हजारी लाल पासी, विजय पाल यादव, शुभम ठाकुर लगायतका नेताहरु एमाले प्रवेश गर्नुभएको छ ।