बम्जनलाई १० वर्ष कैद, पाँच लाख क्षतिपूर्ति भराउन आदेश

Published on

काठमाडौं । पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा पीडित बालिकालाई पाँच लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।

‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा सोमबार सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले अभियुक्त बम्जनविरुद्ध त्यस्तो फैसला गरेको सर्लाही जिल्ला अदालतका स्रेस्तेदार सदनकुमार अधिकारीले जानकारी दिनुभयो । न्यायाधीश भण्डारीकै गत असार १० गतेको इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेको थियो । सोमबारको इजलासले पूर्ण फैसला गरेको हो । अभियुक्त बम्जनविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले भने १२ देखि १४ वर्षसम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोगपत्र दायर गरेको थियो ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरीको कारागार कार्यालय जलेश्वरमा छन् । सर्लाही जिल्ला अदालतले २०७७ असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–६ स्थित निवासबाटै गत पुस २४ गते मङ्गलबार साँझ सिआइबीको टोलीले पक्राउ गरेको थियो । २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बारा जिल्लाको निजगढ नगरपालिका–१२ निवासी ३० वर्षीय बम्जनविरुद्ध पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएको थियो । १४ वर्षभन्दा बढी र १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ देखि १४ वर्षसम्म कैद हुन सक्ने कानुनी व्यवस्थालाई टेक्दै जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । गोरखापत्र

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...