सङ्ग्रहालयमा शान्ति प्रक्रियाको अभिलेखीकरण

Published on

काठमाडौं । दसबर्से द्वन्द्व र त्यसपछिको शान्ति प्रक्रियाको सम्पूर्ण अभिलेखसहितको चित्ररफोटो, कलात्मक डिजाइनसहित ‘शान्ति ग्यालरी’ को स्थापना गरिएको छ । मानव अधिकारका लागि एकल महिला समूहद्वारा बुढानीलकण्ठ–७ स्थित छहारीको भवनमा स्थापित शान्ति ग्यालरीको सोमबार शुभारम्भ गरिएको हो । सो अवसरमा शान्ति स्थापनाका लागि समग्र नेपाली महिलाले पु¥याएको योगदान झल्काउने ‘आराध्याती’ स्तम्भको अनावरणसमेत गरिएको छ । सो ग्यालरीमा द्वन्द्वको समय र त्यसपछिका शान्ति स्थापना गर्न योगदान पु¥याउने समग्र नेपाली महिलासहित अभियन्ता, योद्धाको चित्र, फोटो घटनाक्रमको विवरण राखिएका छन् ।

शान्ति ग्यालरीमा नेपालले झेलेको १० बर्से जनयुद्ध र त्यसबाट नेपाली समाजलाई परेको प्रभाव, धेरै महिलाले एकल भएर बालबच्चासहित समाजमा बाँच्नका लागि गर्नु परेको सङ्घर्ष, शान्ति प्रक्रियाका लागि बनेका ऐन, कानुन, आयोगका गतिविधिलाई तिथिमितिसहित चित्र र फोटोमा हेर्न र पढ्न पाइन्छ । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले भन्नुभयो, “नेपाली समाज व्यवस्थामा महिलालाई महत्व नदिने प्रवृत्तिका कारण हरेक पाइलामा हिंसा हुने सम्भावना छ । एकल भएपछि भोग्नुपर्ने विडम्बनाको त बयान गरी साध्य छैन । यस्तो परिस्थितिमा लिली थापालगायतले जुटेर देखाएको हिम्मतले शान्ति ग्यालरीको स्थापना गरेर योगदान पु¥याउनुभएको छ ।”

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवं एकल महिला समूहका संस्थापक अध्यक्ष लिली थापाले द्वन्द्व वा अन्य समयमा श्रीमान्को मृत्युपछि बालबच्चासहित समाज र परिवारमा शान्ति कायम राखेर अघि बढ्न सक्ने सशक्त महिलाको योगदानलाई शान्ति ग्यालरी र ‘आराध्याती’ सालिकका रूपमा अभिलेखीकरण गरिएको बताउनुभयो । उहाँले संस्कृत शब्दमा आराध्यातीको अर्थ बलिदानी र योगदानी हुने प्रसङ्ग उल्लेख गर्दै समाज व्यवस्थालाई जतिसुकै विपत्ति आइपरे पनि साहस र सुझबुझसाथ कायम राख्ने सबै महिला आराध्याती हुन् भन्नुभयो । समूहका अध्यक्ष कविता पाँडेले राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवं एकल महिला समूहका संस्थापक अध्यक्ष लिली थापा र आफू कम्बोडियाको भ्रमण जाँदा त्यहाँको शान्ति ग्यालरीको अवलोकन गरेपछि फुरेको विचारलाई नेपाल आएर मूर्त रूप दिने क्रममा शान्ति ग्यालरीको जन्म भएको जानकारी दिनुभयो । सो अवसरमा युएन वुमन संस्थाका प्रमुख प्याट्रियाले एकजुट हुनु नै शक्ति हुन् भन्ने उदाहरण नेपाली एकल महिला समूहले प्रस्तुत गरेको र शान्ति ग्यालरीले सिङ्गै समाजलाई सशक्तीकरणतर्फ हिँड्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

चिरञ्जीवी भण्डारीको नेतृत्वमा सङ्कलन गरिएका चित्ररफोटो र विभिन्न घटनालाई सिलसिलेवार र कलात्मक ढङ्गले राखिएको शान्ति ग्यालरीको डिजाइन श्रद्धा सिंहले गर्नुभएको हो । एकल महिला समूहका कार्यक्रम व्यवस्थापक राजिन रायमाझीले शान्ति ग्यालरीको अवलोकनरभ्रमण, अध्ययन र अनुसन्धान गरेर विद्यार्थी, कलाप्रेमी, शान्तिप्रेमी र प्रभावितका साथै नयाँ पुस्ताले समेत शान्ति प्रक्रियाबारे जानकारी लिन सकिने बताउनुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...