शान्ति स्थापनामा ‘संवाद’ महत्वपूर्ण

Published on

काठमाडौं । समाजको विकास, स्थायित्व र रूपान्तरणका लागि ‘संवाद’ महत्वपूर्ण औजार रहेको एक कार्यक्रमका सहभागीले बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय ९त्रिवि० अन्तर्गतको नेपाल तथा दक्षिण एसियाली अध्ययन केन्द्र (सिनास) ले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँहरूले यस्तो बताउनुभएको हो । ‘संवाद एज अ डायलजिकल एप्रोच स् अ पिस बिल्डिङ पर्स्पेक्टिभ’ नाम दिइएको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका अतिथि प्राध्यापक डा। कौशिकीले नेपाल मात्रै नभएर दक्षिण एसियाली मुलुक मौलिकता, भाषा, दर्शन र सभ्यताको मूल स्रोत समाज विकासका लागि संवाद शक्तिशाली औजार रहेको उल्लेख गर्दै उहाँले शान्ति प्रक्रियाको निरन्तरताका लागि पनि संवाद महत्वपूर्ण रहेको बताउनुभयो ।

पश्चिमी मुलुकमा द्वन्द्व र अशान्ति भयो भने मात्रै संवाद हुने गरेको भए पनि नेपाल तथा एसियाली मुलुकको दर्शन, सिद्धान्त, पद्धतिमा संवाद मिसिने गरेको कार्यक्रमका सहभागीले बताउनुभएको थियो । कार्यक्रममा सिनासका कार्यकारी निर्देशक डा। मृगेन्द्र कार्कीले समाजसँग जोडिएका हरेक पक्षमा संवाद महत्वपूर्ण आवश्यक रहेको बताउनुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा सिनाससँग भएको सम्झौताबमोजिम आइतबारको ‘पब्लिक स्पिकिङ’ कार्यक्रमको आयोजना गरिएको हो । सोही सम्झौताबमोजिम कौशिकीले विगत एक वर्षदेखि त्रिविमा द्वन्द्व, विकास र शान्तिसम्बन्धी विषयको प्राध्यापन गरिरहनुभएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...