भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न जरुरी

Published on

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न जरुरी रहेको बताउनुभएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३२ औँ स्थापना दिवस तथा ३० औँ वार्षिक साधारण सभाका अवसरमा सोमबार राजधानीमा भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भ्रमण भिसा र व्यक्तिगत भिसामा हुने ठगी रोक्नका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । मन्त्री अर्यालले यस्तो कार्यमा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर)कै संलग्नता भएको विषयमा मन्त्रालयमा जानकारी रहेको बताउनुभयो । भ्रमण भिसा र व्यक्तिगत भिसाका नाममा नेपाली ठगिएको बताउँदै मन्त्री अर्यालले भन्नुभयो, “हामीलाई थाहा छ, व्यवसायी नै यस्ता खालका ठगीमा संलग्न छन् । त्यसैले एक पटक म सबैलाई यस्तो गतिविधि रोक्न आग्रह गर्छु । मेरो नेतृत्वले निर्मम भएर यसमा काम गर्न नपरोस् । “ठगिने पनि नेपाली, ठग्ने पनि नेपाली कस्तो विडम्बना १ व्यवसायी साथीहरूले आफ्नै छातीमा हात राखेर जिम्मेवार भएर सोचिदिनूस् । कसैलाई पक्राउ गर्ने मेरो चाहना छैन । गल्ती गर्नेलाई कानुनले नै कारबाही गर्छ । म कसैको ढोका ढकढकाउन जानु पर्दैन,” उहाँले थप्नुभयो ।

त्यस्तै मन्त्री अर्यालले वैदेशिक रोजगारीका क्षेत्रमा वार्षिक दुई खर्ब एक अर्ब ६० करोड रुपियाँ गैरबैङ्किङ च्यानलबाट सङ्कलन भइरहेको तथ्याङ्क प्राप्त भएको बताउनुभयो । यसलाई औपचारिक माध्यममा ल्याउन मन्त्रालयले नीतिगत रूपमा मसिनो गरी अध्ययन गरिरहेको उहाँको भनाइ छ । सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले एक वर्षको कार्यकालमा वैदेशिक रोजगार क्षेत्रको सुधार र व्यावसायिक हितका लागि महत्वपूर्ण आधार खडा गर्ने दाबी गर्नुभयो । अध्यक्ष भण्डारीले वर्तमान कार्यसमितिले अघि बढाएका कामले सुधारका आधार तयार पारेको भन्दै एक वर्षभन्दा बढीको कार्यकाल परिणाममुखी भएको बताउनुभयो । वैदेशिक रोजगार ऐनमा रहेकोे वार्षिक एक सय श्रमिक पठाउनुपर्ने व्यवस्था खारेजीका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत संसद्मा पु¥याएको, सेवा शुल्क परिमार्जन गर्न सकारात्मक कार्य जस्ता धेरै काम गरिएकाले व्यवसायी उत्साहित हुने वातावरण बनेको भण्डारीले बताउनुभयो । महासचिव मेघनाथ भु्र्तेलले सङ्घलाई महासङ्घमा लैजानेसहित सङ्घको कार्यकाल दुई वर्षबाट तीन वर्ष बनाउने र भलाइ कोष सञ्चालन कार्यविधिको विशेष प्रस्ताव साधारण सभामा लगिने बताउनुुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...