चितुवा देखिनासाथ एसएमएस आउने प्रणाली जडान

Published on

काठमाडौं । पोखरामा चितुवाको आतङ्कबाट स्थानीयलाई जोगाउन मोबाइल एसएमएस प्रणाली जडान सुरु गरिएको छ । जनावर र वन्यजन्तुको द्वन्द्वको क्षेत्रमा काम गर्दै आइरहेको ग्रिन गर्भनेन्स नेपालको पहलमा पोखरा महानगरपालिका वडा नम्बर ३१ र ३२ को ग्रामीण क्षेत्रमा यस्तो प्रणाली जडान गरिएको हो ।

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि नवप्रवर्तन कार्यक्रम अन्र्तगत पोखरा महानगरको बेगनास र रूपाताल क्षेत्रमा पर्ने दुई वडाका विभिन्न गाउँमा यो प्रणाली जडान कार्य आरम्भ गरिएको संस्थाका कार्यक्रम अधिकृत अर्जुन भुसालले जानकारी दिनुभयो । युएसएआइडी बायोडाइर्भसिटीको सहयोगमा सञ्चालित यस कार्यक्रमले बस्तीमा चितुवा प्रवेश गरेको जानकारी एसएमएसको माध्यमबाट स्थानीयको मोबाइलमा आउने कार्यक्रम अधिकृत भुसालले जानकारी दिनुभयो । नेपाल टेलिकमसँगको सहकार्यमा ‘यस्तो ठाउँमा चितुवा देखियो, सतर्क रहनु होला’ भन्ने प्रकारको सूचना मोबाइलमा आउने गरी प्रणाली जडान गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार सो क्षेत्रमा जडान गरिएका सेन्सरयुक्त क्यामराले चितुवाको स्क्यानिङ गर्ने र त्यसको जानकारी जडान गरिएको माइक्रो कम्प्युटरको माध्यमबाट स्थानीयको मोबाइलमा म्यासेज जाने प्रणालीको विकास गरिएको हो । उहाँले भन्नुभयो, “यो प्रणाली पाइलट प्रोजेक्टका रूपमा कास्कीको रूपा र बेगनास तालको क्षेत्रलाई लक्षित गर्दै सञ्चालन गरेका छौँ । वन्यजन्तुका कारण समुदायमा क्षति कम गर्नका लागि यो प्रणालीको सुरुवात नेपाल टेलिकमसँगको सहकार्यमा सुरु गरेका हौँ । यस्तो ‘अलर्ट’ प्रणालीले चितुवासहितका हिंस्रक जनावरको क्षतिबाट समुदायलाई फाइदा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । हालै पोखरा–३२ स्थित डाँडागाउँमा एउटा क्यामरा जडान गरी सुरु गरिएको यो कार्यक्रम रूपा र बेगनास वरपरका थप १० स्थानमा जडान गरिने अधिकृत भुसालले बताउनुभयो । उहाँका अनुसार उच्च प्रविधियुक्त नाइटभिजनसहितका क्यामराले २० मिटर आसपाससम्म स्क्यानिङ क्षमता राख्ने गर्दछ । उक्त प्रविधियुक्त क्यामरा तथा प्रविधिको निर्माण र डिजाइन नेपाली इन्जिनियरद्वय भाष्कर रसाइली र सरोज बेल्बासेले गर्नुभएको हो । सो क्यामराको मूल्य ६० देखि ७० हजार रुपियाँसम्म पर्ने अनुमान गरिएको छ ।

यो कार्यक्रमले आफूहरू ढुक्क हुने वातावरण बनेको पोखरा–३२, डाँडागाउँका स्थानीय घनश्याम कुँवरले बताउनुभयो । उहाँले साँझ बिहान मेलापात आउँदा जाँदा ढिलो हुने भएकाले वन्यजन्तुबाट घरमा पालेका बाख्रा, कुखुरा, कुकुरलगायतमा अकस्मात् आक्रमण भई क्षति हुने गरेकोमा अब यो प्रणालीले क्षतिमा न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “केही वर्षपहिले यहीँमाथि एक जना बालकलाई चितुवाले आक्रमण गरेको थियो । अब यस्ता घटनाबारे समयमै थाहा पाइयो भने सतर्कता अपनाउन सकिन्छ । संस्थाले यसका अलवा समुदायमा १५० घरधुरीमा बाख्राको खोर सुधारका साथै बाँदर धपाउन ‘एक्योस्टिक सेन्टर’ को अवधारणालाई पनि लागु गर्ने तयारी गरिरहेको कार्यक्रम अधिकृत भुसालले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...