प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ २० र २१ गते हुने

Published on

काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको यही असार २० र २१ गते संसदीय सुनुवाइ हुने भएको छ ।

मङ्गलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानमाथिको उजुरी र उहाँको कार्ययोजनासहितको सुनुवाइ गर्ने मिति तय गरेको हो । संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावित प्रधानमाथिको सुनुवाइ गर्ने सम्बन्धमा छलफल गरी समितिले सचिवालयको तर्फबाट प्रस्तावित असार २० र २१ गतेको मिति परिमार्जनसहित पारित गरिएको समितिका ज्येष्ठ सदस्य ९सभापति० पशुपति समशेर जबराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘निर्वाचन आयुक्तका लागि प्रस्तावित व्यक्ति प्रधानमाथिको सुनुवाइ गर्ने सचिवालयको प्रस्तावलाई परिमार्जनसहित पारित गरिएको घोषणा गर्दछु । गत असार २ गते बसेको संवैधानिक परिषद् बैठकले रिक्त रहेको निर्वाचन आयुक्त पदमा नेपाल कानुन समाजका कार्यकारी निर्देशक प्रधानलाई सो पदका लागि सिफारिस गरेको थियो भने समितिको असार ७ गते बसेको बैठकले उहाँमाथि उजुरी आह्वान गर्दै १० दिने सूचना जारी गरेको थियो । निर्वाचन पर्यवेक्षकको रुपमा समेत काम गरिसक्नुभएका प्रस्तावित निर्वाचन आयुक्त प्रधानको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...