सेवासुविधा विस्तार गर्दै टीकापुर अस्पताल

Published on

काठमाडौं । टीकापुर अस्पतालमा नाक, कान, घाँटीको उपचार सेवा सुरु भएको छ । नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर उज्ज्वल मिश्रबाट टीकापुर अस्पतालमा नाक कान घाँटीको जाँच तथा उपचार सेवा सुरु भएको हो ।

अब नाक, कान घाँटीको सामान्य उपचारका लागि पनि नेपालगञ्ज र धनगढी जानुपर्ने टीकापुर आसपासका नागरिकको समस्या हटेको छ । यससँगै टीकापुर अस्पतालमा विशेषज्ञ सेवाको सङ्ख्या सात पुगेको छ । यहाँ हाडजोर्नी विशेषज्ञ सेवा, स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, सर्जनद्वारा अप्रेशन सेवा, दन्तरोग सेवा, जनरल फिजिसियन र एनेस्थेसियालोजिष्टको सेवा उपलब्ध हँदै आएको छ । अस्पतालले सेवाको गुणस्तर पनि बढाएको छ । यहाँ फर्मासिष्टबाट फार्मेसी सेवा, इण्डोस्कोपी, फिजियोथेरापी, हिंसा पीडितका लागि एकद्वार संकट व्यवस्थापन केन्द्रमार्फत उपचार, परामर्श र कानुनी सेवा दिन थालेको छ । गम्भीर बिरामीका लागि आइसीयू, एचडीयू र बालबालिका लागि एनआइसीयू सेवा पनि सञ्चालनमा ल्याएको छ । प्रोटोकल अनुसारको फार्मेसी, मोडुलार अप्रेशन थिएटर, एसीसहितको १५ बेडको आकस्मिक उपचार कक्ष बनेको पनि बनेको छ । सेवा सुदृढ भएपछि स्वास्थ्य विमा गरेका बिरामीको चाप पनि बढेको छ । अस्पतालमा आउने बिरामी मध्ये ७५ प्रतिशत बढी बिमित बिरामी आउने गरेको अस्पतालका व्यवस्थापक सरोज चौधरी बताउनुहुन्छ ।

न्यूनतम सेवा मापदण्डमा प्रगति

सुदूरपश्चिम प्रदेश निर्देशनालयले भर्खरै गरेको न्यूनतम सेवा मापदण्डको मुल्यांकनमा टीकापुर अस्पतालले ८१ प्रतिशत अङ्क प्राप्त गरेको छ । २०७७ सालमा ५७ प्रतिशत अङ्क पाएको अस्पतालले छोटो अवधिमा यत्तिको सुधार गर्नु सह्रानीय कार्य भएको मुल्यांकन समितिका संयोजक डाक्टर भुषण मिश्रले बताउनुहुन्छ । डाक्टर मिश्रका अनुसार सरकारले स्रोत थप्यो र यही गतिमा काम गर्नैहो भने टीकापुर अस्पतालले अझै प्रगति गर्ने ठाउँ देखिन्छ । भवन अभावमा स्वास्थ्य सेवाको प्रोटोकल अनुसार छुट्टै बाल वार्ड, नर्सिङ यूनिट, क्यानटिन भने बन्न सकेको छैन । ूचालु आर्थिक वर्षमा प्रदेश सरकारले टीकापुर अस्पतालको सेवा सुदृढिकरणको बजेट कटौती गरेकाले उल्लेख्य प्रगति गर्न सकिएन भएको स्रोत र जनशक्तिको परिचालनबाट अवस्था खस्किनबाट जोगाएका छौंू, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रेमकुमार राई भन्नुहुन्छ,थोरै सहयोग पाएमा आउदो वर्ष सेवामा व्यापक सुधार हुने गर्न सकिनेछ ।

डाइलालसिस सेवाको तयारी

टीकापुर अस्पतालले डाइलासिस सेवा सुरु गर्ने तयारी गरेको छ । स्वास्थ्य विभागबाट उपलब्ध छ वटा डाइलासिस मेसिन जडान भैसकेका छन् । डाइलासिस सेवा लिने २५ जना स्थानीय बिरामीको नाम सङ्कलन भैसकेको अस्पतालका कर्मचारी उपेन्द्र शाहले जानकारी दिनुभयो । पानी परीक्षण गर्दा मापदण्ड अनुसारको नभएपछि परीक्षणका लागि अर्को स्थानको पानीका नमूना पठाउन लागिएको शाहले बताउनुभयो । अस्पतालले डाइलासिस सेवा शुरु गर्न आवश्यक पर्ने जनशक्ति तालिम दिएर राखेको छ । दैनिक छ सय जना बिरामी आउने टीकापुर अस्पताल जम्मा ५१ शैय्यको अनुमति छ भने ७६ शैय्य सञ्चालनमा छ । २०७७ माघ १३ मै प्रदेश मन्त्रीपरिषद् बैठकले टीकापुर अस्पतालमा २०० शैयाको बनाउने सैद्धान्तिक सहमति दिने निर्णय गरे पनि कुनै प्रगति भएको छैन । अस्पतालको स्तरोन्नती नहुँदा माग र चाप अनुसारको सेवा दिन नसकिएको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारी बताउनुहुन्छ । सेवा थपेपनि दरबन्दी अनुसार डाक्टर छैनन् सबै विशेषज्ञ डाक्टरहरु संघ, प्रदेश र स्थानीय सरकारका करार र अनुदानमा जोहो गरिएको छ । हाल सेवामा १२ जना विशेषज्ञ र १० जना मेडिकल अधिकृत छन् । चालु वर्षमा सिकलसेलका बिरामीको पहिचान र उपचार सेवाको बजेट सरकारले काटी दिएपछि सिकलसेलको निःशूल्क उपचार रोकिएको छ ।मनोचिकित्सक सेवा भने डाक्टर सरुवा भएर गैसकेपछि प्रभावित भएको छ । रेडियोलोजिष्टका लागि दस्खास्त आह्वान गरेपनि जनशक्ति नपाएर खाली छ। गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...