सेवासुविधा विस्तार गर्दै टीकापुर अस्पताल

Published on

काठमाडौं । टीकापुर अस्पतालमा नाक, कान, घाँटीको उपचार सेवा सुरु भएको छ । नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर उज्ज्वल मिश्रबाट टीकापुर अस्पतालमा नाक कान घाँटीको जाँच तथा उपचार सेवा सुरु भएको हो ।

अब नाक, कान घाँटीको सामान्य उपचारका लागि पनि नेपालगञ्ज र धनगढी जानुपर्ने टीकापुर आसपासका नागरिकको समस्या हटेको छ । यससँगै टीकापुर अस्पतालमा विशेषज्ञ सेवाको सङ्ख्या सात पुगेको छ । यहाँ हाडजोर्नी विशेषज्ञ सेवा, स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, सर्जनद्वारा अप्रेशन सेवा, दन्तरोग सेवा, जनरल फिजिसियन र एनेस्थेसियालोजिष्टको सेवा उपलब्ध हँदै आएको छ । अस्पतालले सेवाको गुणस्तर पनि बढाएको छ । यहाँ फर्मासिष्टबाट फार्मेसी सेवा, इण्डोस्कोपी, फिजियोथेरापी, हिंसा पीडितका लागि एकद्वार संकट व्यवस्थापन केन्द्रमार्फत उपचार, परामर्श र कानुनी सेवा दिन थालेको छ । गम्भीर बिरामीका लागि आइसीयू, एचडीयू र बालबालिका लागि एनआइसीयू सेवा पनि सञ्चालनमा ल्याएको छ । प्रोटोकल अनुसारको फार्मेसी, मोडुलार अप्रेशन थिएटर, एसीसहितको १५ बेडको आकस्मिक उपचार कक्ष बनेको पनि बनेको छ । सेवा सुदृढ भएपछि स्वास्थ्य विमा गरेका बिरामीको चाप पनि बढेको छ । अस्पतालमा आउने बिरामी मध्ये ७५ प्रतिशत बढी बिमित बिरामी आउने गरेको अस्पतालका व्यवस्थापक सरोज चौधरी बताउनुहुन्छ ।

न्यूनतम सेवा मापदण्डमा प्रगति

सुदूरपश्चिम प्रदेश निर्देशनालयले भर्खरै गरेको न्यूनतम सेवा मापदण्डको मुल्यांकनमा टीकापुर अस्पतालले ८१ प्रतिशत अङ्क प्राप्त गरेको छ । २०७७ सालमा ५७ प्रतिशत अङ्क पाएको अस्पतालले छोटो अवधिमा यत्तिको सुधार गर्नु सह्रानीय कार्य भएको मुल्यांकन समितिका संयोजक डाक्टर भुषण मिश्रले बताउनुहुन्छ । डाक्टर मिश्रका अनुसार सरकारले स्रोत थप्यो र यही गतिमा काम गर्नैहो भने टीकापुर अस्पतालले अझै प्रगति गर्ने ठाउँ देखिन्छ । भवन अभावमा स्वास्थ्य सेवाको प्रोटोकल अनुसार छुट्टै बाल वार्ड, नर्सिङ यूनिट, क्यानटिन भने बन्न सकेको छैन । ूचालु आर्थिक वर्षमा प्रदेश सरकारले टीकापुर अस्पतालको सेवा सुदृढिकरणको बजेट कटौती गरेकाले उल्लेख्य प्रगति गर्न सकिएन भएको स्रोत र जनशक्तिको परिचालनबाट अवस्था खस्किनबाट जोगाएका छौंू, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रेमकुमार राई भन्नुहुन्छ,थोरै सहयोग पाएमा आउदो वर्ष सेवामा व्यापक सुधार हुने गर्न सकिनेछ ।

डाइलालसिस सेवाको तयारी

टीकापुर अस्पतालले डाइलासिस सेवा सुरु गर्ने तयारी गरेको छ । स्वास्थ्य विभागबाट उपलब्ध छ वटा डाइलासिस मेसिन जडान भैसकेका छन् । डाइलासिस सेवा लिने २५ जना स्थानीय बिरामीको नाम सङ्कलन भैसकेको अस्पतालका कर्मचारी उपेन्द्र शाहले जानकारी दिनुभयो । पानी परीक्षण गर्दा मापदण्ड अनुसारको नभएपछि परीक्षणका लागि अर्को स्थानको पानीका नमूना पठाउन लागिएको शाहले बताउनुभयो । अस्पतालले डाइलासिस सेवा शुरु गर्न आवश्यक पर्ने जनशक्ति तालिम दिएर राखेको छ । दैनिक छ सय जना बिरामी आउने टीकापुर अस्पताल जम्मा ५१ शैय्यको अनुमति छ भने ७६ शैय्य सञ्चालनमा छ । २०७७ माघ १३ मै प्रदेश मन्त्रीपरिषद् बैठकले टीकापुर अस्पतालमा २०० शैयाको बनाउने सैद्धान्तिक सहमति दिने निर्णय गरे पनि कुनै प्रगति भएको छैन । अस्पतालको स्तरोन्नती नहुँदा माग र चाप अनुसारको सेवा दिन नसकिएको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारी बताउनुहुन्छ । सेवा थपेपनि दरबन्दी अनुसार डाक्टर छैनन् सबै विशेषज्ञ डाक्टरहरु संघ, प्रदेश र स्थानीय सरकारका करार र अनुदानमा जोहो गरिएको छ । हाल सेवामा १२ जना विशेषज्ञ र १० जना मेडिकल अधिकृत छन् । चालु वर्षमा सिकलसेलका बिरामीको पहिचान र उपचार सेवाको बजेट सरकारले काटी दिएपछि सिकलसेलको निःशूल्क उपचार रोकिएको छ ।मनोचिकित्सक सेवा भने डाक्टर सरुवा भएर गैसकेपछि प्रभावित भएको छ । रेडियोलोजिष्टका लागि दस्खास्त आह्वान गरेपनि जनशक्ति नपाएर खाली छ। गोरखापत्र

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...