प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ २० र २१ गते हुने

Published on

काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको यही असार २० र २१ गते संसदीय सुनुवाइ हुने भएको छ ।

मङ्गलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानमाथिको उजुरी र उहाँको कार्ययोजनासहितको सुनुवाइ गर्ने मिति तय गरेको हो । संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावित प्रधानमाथिको सुनुवाइ गर्ने सम्बन्धमा छलफल गरी समितिले सचिवालयको तर्फबाट प्रस्तावित असार २० र २१ गतेको मिति परिमार्जनसहित पारित गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘निर्वाचन आयुक्तका लागि प्रस्तावित व्यक्ति प्रधानमाथिको सुनुवाइ गर्ने सचिवालयको प्रस्तावलाई परिमार्जनसहित पारित गरिएको घोषणा गर्दछु ।’ गत असार २ गते बसेको संवैधानिक परिषद् बैठकले रिक्त रहेको निर्वाचन आयुक्त पदमा नेपाल कानुन समाजका कार्यकारी निर्देशक प्रधानलाई सो पदका लागि सिफारिस गरेको थियो भने समितिको असार ७ गते बसेको बैठकले उहाँमाथि उजुरी आह्वान गर्दै १० दिने सूचना जारी गरेको थियो । निर्वाचन पर्यवेक्षकको रुपमा समेत काम गरिसक्नुभएका प्रस्तावित निर्वाचन आयुक्त प्रधानको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

spot_img

ताजा समाचार

जिप दुर्घटना हुँदा सात जना घाइते

काठमाडौं । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् ।...

प्रधानन्यायाधीश सिंह बाँकेमा, छिटो न्याय सम्पादनमा जोड

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंहले परिवर्तित परिस्थितिमा छिटोछरितो न्याय सम्पादनका लागि मातहतका...

लुम्बिनी प्रदेश सरकारको ४० लाख बजेटमा गङ्गा माविको भवन निर्माण तीव्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको चालु आर्थिक वर्ष २०८२–०८३ को स्वीकृत...

धौलागिरि प्रादेशिक अस्पतालको सेवाप्रति नागरिकको चासो

काठमाडौं । भ्रष्टाचार विरुद्व नागरिक निगरानी संस्था बागलुङले धौलागिरि प्रादेशिक अस्पतालबाट दिने औषधी गुणस्तरको...