गिरिजाकै कारण नेपाल गणतन्त्रसम्म आएको हो : सभापति देउवा

Published on

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व।गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताउनुभएको छ ।

मङ्गलबार पार्टी कार्यालय सानेपामा आयोजित स्व। कोइरालालको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनीका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्व। कोइराला २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्व रहेको बताउनुभयो । उहाँले गिरिजाका कारण देशमा प्रजातन्त्र मात्रै नफर्किएको भन्दै गिरिजाकै कारण नेपालमा गणतन्त्रसम्म आएको उल्लेख गर्नुभयो । सभापति देउवाले आफूले विद्यार्थी बेलामा नै गिरिजालाई चिनेको र गिरिजाकै सहयोगमा विश्वविद्यालयको चुनावमा जाँदा आफू पराजित भएको पनि स्मरण गर्नुभयो । उहाँले गिरिजाकै कारण आफू नेपाल विद्यार्थी सङ्घको सभापति भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘गिरिजाबाबु नभएको देशमा गणतन्त्र पनि आउँदैन थियो । त्यसैले गिरिजाबाबु २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा अत्यन्तै क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्व हुनुहुन्थ्यो । त्यो कारणले नेपालमा प्रजातन्त्र मात्रै फर्किएन, गणतन्त्र आएको छ । मैले विद्यार्थी बेलामा नै उहाँलाई चिनेको हो । त्यो बेलामा उहाँले विश्वविद्यालयको चुनावमा समर्थन गर्नुभएको थियो, पहिलो निर्वाचनमा म हारेको हो, वास्तवमा । उहाँको समर्थन भएकै कारण पनि म नेविसंघको सभापति भएको हो । उहाँ कहिल्यै नथाक्ने मान्छे हो ।’ प्रजातन्त्रबाट लडेर गणतन्त्र ल्याउन सफल भएको व्यक्तिका रुमपा चित्रण गर्नुभयो ।

ताजा समाचार

चालु आवको बजेटको अर्धवार्षिक प्रगति मिश्रित छ ” अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित...

‘लोकतन्त्रको रक्षा गर्न बरघर प्रथालाई कानुनी मान्यता देऊ’

काठमाडौँ । मटावाँ (बरघर–भलमन्सा), ककन्डर्वाहरूले लोकतन्त्रको रक्षा गर्न बरघर (मटावाँ) प्रथालाई कानुनी मान्यता दिन...

‘हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौँ’

काठमाडौँ । सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर...

डेढ करोड लगानीमा व्यावसायिक फलफूल खेती

काठमाडौँ । ढोरपाटन जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण...