क्षयरोगका १७४ नयाँ बिरामी भेटिए

Published on

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकालाई क्षयरोगमुक्त पालिका बनाउने अभियानले गति लिइरहेकै समयमा कोहलपुरमा १७४ जना क्षयरोगका नयाँ बिरामी फेला परेका छन् । नगरपालिकाका अनुसार कोहलपुरमा उपचार पूरा गर्ने दर ९४.९ प्रतिशत छ भने नयाँ बिरामी पत्ता लगाउने दर प्रति लाखमा १६३ जना पाइएको र मृत्युदर भने १.९ छ ।

कोहलपुर नगरपालिका क्षयरोग मुक्त अभियानका फोकल पर्सन प्रेम पाण्डेका अनुसार चालु आर्थिक वर्षमा फेला परेका नयाँ क्षयरोगीमध्ये कतिपय नियमित औषधी सेवन गरिरहेका छन् । तीमध्ये एक जनालाई नेपालगन्ज टीबी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ भने २२ जना बिरामीलाई नियमित पोषण सामग्री वितरणको काम भइरहेको छ । उनीहरुलाई ६ महिनासम्म पोषण सामाग्री वितरण गर्ने कार्यक्रम छ । निम्न आयस्तर भएका, गरिब, विपन्न तथा अशक्तहरुलाई उनीहरुको पोषणमा सुधार ल्याउन पोषण सामग्री वितरण गर्ने गरिएको फोकल पर्सन पाण्डेले बताउनुभयो । क्षयरोग संक्रमण पुष्टि भएकाहरु नियमित औषधी सेवन गरिहेको कोहलपुर नगरपालिकाले जनाएको छ । सरकारले २०५० सम्म नेपालमा क्षयरोग अन्त्यको लक्ष्य राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही बमोजिम कोहलपुर नगरपालिकाले पनि क्षयरोग अन्त्यका लागि जनचेतना, प्रारम्भिक जाँच र व्यवस्थापनका कार्यक्रमलाई प्राथमिकता दिएर अभियान चलाइरहेको कोहलपुरका मेयर पुर्ण प्रसाद आचार्यले बताउनुभयो ।

कोहलपुरका पन्ध्रै वटा वडामा डट्स सेन्टर रहेको जनाउँदै मेयर आचार्यले वडामा टीबी सङ्क्रमण पुष्टि भएका बिरामीहरुले वडामै रहेका डट्स केन्द्रबाट नियमित औषधी सेवन गरिरहेको बताउनुभयो । उहाँका अनुसार कोहलपुर नगरपालिकामा टीबी पहिचानका लागि प्रत्येक वडामा टीबी स्वयंसेवक परिचालन गरिएको छ । उनीहरुले घरघरमा पुगेर टीबीका बिरामीहरु खोज्ने गर्छन् । शङ्कास्पद लक्षण चिन्ह देखिएका बिरामीको खकार चेकजाँचका लागि नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पताल तथा टीबी अस्पताल पठाउने गरेको कोहलपुर नगरपालिका क्षयरोग मुक्त अभियानका संयोजक रमेश भण्डारीले बताउनुभयो । उहाँका अनुसार क्षयरोग अन्त्यका लागि कोहलपुर नगरपालिकाले वडास्तरमा सुरक्षा योजना निर्माण तथा प्रगति समीक्षा बैठक गर्ने, नगर प्रमुखको संयोजकत्वमा पालिका स्तरीय र वडाध्यक्षको संयोजकत्वमा वडास्तरी समिति गठन गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...

चीनद्वारा दुई परीक्षण उपग्रह अन्तरिक्षमा प्रक्षेपण

काठमाडौं । चीनले पृथ्वी अवलोकन सम्बन्धी प्रविधिको परीक्षणका लागि दुई वटा नयाँ परीक्षण उपग्रह...

बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा छोरी पक्राउ

काठमाडौं । जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टाहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना...