सिमकोट गाउँपालिका अध्यक्ष भण्डारीलाई निमोनिया

Published on

काठमाडौं । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीलाई निमोनिया देखिएको छ। चिसो बढ्नु र धुवाँ–धुलोको कारणले सुरुमा लागेको रुघाखोकी बिग्रँदै जानुका कारण निमोनिया भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीले बताउनुभयो।

अध्यक्ष भण्डारीलाई दुई दिनदेखि अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। चिकित्सक तिवारीका अनुसार प्रारम्भमा रुघाखोकीका कारण समस्या सुरु भएको थियो, तर अवस्था बिग्रँदा कडा खालको निमोनिया देखिएको हो।

उहाँले भन्नुभयो, “अध्यक्ष भण्डारीलाई आवश्यक उपचार दिइएको छ र अवस्था क्रमशः सुधार हुँदै गएको छ। उहाँलाई अक्सिजनसमेत प्रदान गरिएको छ। आगामी चार दिन अस्पतालमै राखेर उपचार जारी राख्ने योजना छ।” गोरखापत्र

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...