निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ स्थगित

Published on

काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ स्थगित गरिएको छ । बिहीबार सिंहदरबारमा संसदीय सुनुवाइ समितिको बैठक बसेपनि उजुरीकर्ताहरुको कुरा सुनेसँगै अनिश्चित कालका लागि संसदीय सुनुवाइ स्थगित गरिएको हो । बैठकबारे जानकारी गराउनुहुँदै समितिका ज्येष्ठ सदस्य सभापति पशुपति शमशेर जबराले आजको बैठकमा उजुरीकर्ताहरुसँग सोधपुछ भएको र उजुरीकर्ताले आफ्ना धारणा राख्ने काम भएको बताउनुभयो । उहाँले उजुरीकर्ताहरुले राख्नुभएको धारणामा विचार विमर्श गर्न थप समय चाहिने भएकाले अनिश्चितकालका लागि सुनुवाइ स्थगित गरेको बताउनुभयो । उहाँले समितिले नाम अनुमोदन मात्रै गर्ने भए पनि अनुमोदनका लागि समेत समय चाहिएकाले समय थप गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

‘‘सोधपुछ भयो, उहाँहरुले आएर आफ्ना कुरा राख्नुभयो । जिज्ञासाहरु धेरै थिए । धेरै कुरा राख्नुभयो । अहिलेका लागि यि सबै कुराको विचार विमर्श गर्न थप समय चाहिएको हुनाले अहिले कुन दिन भनेर नतोकि यो कुरालाई अहिलेको लागि स्थगित गरेका छौँ । उजुरीकर्ताहरुले आफूले बोलेको कुरा सार्वजनिक नगर्ने आधारमा कुरा गर्नुभएको थियो ।,’’ सभापति जबराले भन्नुभयो, ‘‘ कुराहरु महत्त्वपूर्ण छन् । निर्वाचन आयोग जस्तो संवैधानिक पद अत्यन्त डिग्निफाइट पद हो । हामीले अनुमोदन मात्रै गर्ने हो, अनुमोदन गर्न पनि थप समय लिने र थप विचार विमर्श गर्ने भनेका छौँ । थप समय लिने भन्ने निर्णय समितिले गरेको छ । सभापति जबराले उजुरीकर्तासँग छलफल गरेपछि उजुरीका विषयमा थप अध्ययन गर्नुपर्ने आवश्यकता समितले औंल्याएको बताउनुभयो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...