निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ स्थगित

Published on

काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ स्थगित गरिएको छ । बिहीबार सिंहदरबारमा संसदीय सुनुवाइ समितिको बैठक बसेपनि उजुरीकर्ताहरुको कुरा सुनेसँगै अनिश्चित कालका लागि संसदीय सुनुवाइ स्थगित गरिएको हो । बैठकबारे जानकारी गराउनुहुँदै समितिका ज्येष्ठ सदस्य सभापति पशुपति शमशेर जबराले आजको बैठकमा उजुरीकर्ताहरुसँग सोधपुछ भएको र उजुरीकर्ताले आफ्ना धारणा राख्ने काम भएको बताउनुभयो । उहाँले उजुरीकर्ताहरुले राख्नुभएको धारणामा विचार विमर्श गर्न थप समय चाहिने भएकाले अनिश्चितकालका लागि सुनुवाइ स्थगित गरेको बताउनुभयो । उहाँले समितिले नाम अनुमोदन मात्रै गर्ने भए पनि अनुमोदनका लागि समेत समय चाहिएकाले समय थप गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

‘‘सोधपुछ भयो, उहाँहरुले आएर आफ्ना कुरा राख्नुभयो । जिज्ञासाहरु धेरै थिए । धेरै कुरा राख्नुभयो । अहिलेका लागि यि सबै कुराको विचार विमर्श गर्न थप समय चाहिएको हुनाले अहिले कुन दिन भनेर नतोकि यो कुरालाई अहिलेको लागि स्थगित गरेका छौँ । उजुरीकर्ताहरुले आफूले बोलेको कुरा सार्वजनिक नगर्ने आधारमा कुरा गर्नुभएको थियो ।,’’ सभापति जबराले भन्नुभयो, ‘‘ कुराहरु महत्त्वपूर्ण छन् । निर्वाचन आयोग जस्तो संवैधानिक पद अत्यन्त डिग्निफाइट पद हो । हामीले अनुमोदन मात्रै गर्ने हो, अनुमोदन गर्न पनि थप समय लिने र थप विचार विमर्श गर्ने भनेका छौँ । थप समय लिने भन्ने निर्णय समितिले गरेको छ । सभापति जबराले उजुरीकर्तासँग छलफल गरेपछि उजुरीका विषयमा थप अध्ययन गर्नुपर्ने आवश्यकता समितले औंल्याएको बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...