नागरिक सुनुवाइ ‘पहुँचको भरमा न्याय’

Published on

काठमाडौं । धरानका स्थानीयहरूले प्रहरीबाट राम्रो सेवा नपाउने र सुनुवाइ समेत नहुने कारण पहुँच भएका व्यक्तिलाई गुहार माग्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा धरान उपमहानगरपालिकामा आयोजित नागरिक सुनुवाइ कार्यक्रममा आम नागरिकहरूले सो कुरा व्यक्त गर्नुभएको हो । अधिकांश जिल्लामा प्रहरीको काम अझै प्रभावकारी हुन नसकेको उहाँहरूले बताउनुभयो । एउटा वडाको प्रहरी बिटमा २ जना प्रहरी हुन्छन् जसले गर्दा सेवामा ढिलाइ चुस्तदुरुस्त नहुने स्थानीयवासीहरुले बताएका छन् । आयोजित नागरिक सुनुवाइमा पहुँच हुने र नहुनेमा धेरै अन्तर पर्ने गरेको नागरिकहरूले गुनासो गरेका छन् । कानुन पनि हुने खानेको लागि फरक र पहुँच नहुनेको लागि फरक हुने भएको समेत उहाँहरूले बताउनुभयो ।

कानुन बुझेकोले जे गर्दा पनि कानुन नलाग्ने भनी बढी बुझेको भन्दै महिला सञ्जालको सदस्य मनिता चाम्लिङले बताउनुभयो । उहाँले भर्खरै धरान १५ की अस्मिता विश्वकर्मालाई महिला हिंसा भएको सासू, ससुरा र पति मिलेर घर निकाला गरेको जसमा ढाँटेर कानुनी रूपमा सम्पत्ति लिएर छुटिएको कागजपत्र बनाएर घरबाट निकाला गरेको अवस्थामा न्याय पाएको छैन । यसले गर्दा कानुन जान्ने बुझ्नेले जे गर्दा पनि हुने हाम्रो देशमा न्याय कसरी पाउने भनी प्रश्न गर्नुभयो । सुनुवाइमा नेपाली काँग्रेसको धरान नगर सभापति श्याम पोख्रेलले धरान लागुऔषधको मुख्य अखडा भएको बताउनुभएको छ । हरेक झैँ–झगडा, हत्या, लुटपाटमा लागुऔषध सेवन कर्ताहरू जोडिएकोले सुरक्षाको दृष्टिकोणले समेत यसमा मुख्य सुरक्षा चुनौती रहेको जानकारी गराउनुभयो । हाल वानवे सिस्टमले धरानको व्यापार व्यवसायमा धक्का परेको र ६३ वटा भन्दा बढी सटर खाली गरेर व्यवसायीहरू विस्थापित भई इटहरी विराटनगर लगायतका सुविधाजनक ठाउँहरूमा सारेको समेत उद्योग वाणिज्य सङ्घ सुनसरीको अध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो ।

महिला सबै खाले हिंसाबाट पीडित हुने गरेकोले इलाका प्रहरी कार्यालयमा महिला सेल राखिएको र आएका धेरै केसहरू मिलापत्र गराएको इलाका प्रहरी कार्यालय धरान सुनसरीको प्रहरी नायब निरीक्षक मान बहादुर राईले बताउनुभयो । प्रमाण सहित आए न्याय मिल्ने धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राईले बताउनुभयो । हरेक समस्याका उजुरीहरू मुखले भनेर मात्र नहुने भएकोले प्रमाण सहित आउन आग्रह गर्नुभयो । धरानमा भएका हरेक समस्याहरूको समाधान गर्ने र सम्बन्धित निकायबाट गर्न लगाउने समेत प्रतिबद्धता जनाउनुभयो । सम्बन्धित निकायहरूको प्रमुखहरूलाई प्रश्न गर्न जति सहज भएपनि सबै प्रश्नहरूको जवाफ दिन प्रमुख मात्र नभएर सबैको दायित्व भएको र हरेक समस्याको समाधान गर्न प्रमुखको मात्र दायित्व नभएर सबै नागरिकहरूको रहेको समेत उहाँले बताउनुभयो । समस्या हुँदैमा नारा जुलुस धर्ना, गरेर मात्र शक्ति प्रदर्शन गरी समाधान नहुने बताउँदै सबैले कानुनको परिपालना गर्नुपर्ने र यो सबै नागरिकलाई एकै किसिमको लागु हुने प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो । ूमलाई कानुन थाहा थिएन, मैले जानिन भन्न नपाउने र कानुन सबैले जान्नु नै पर्ने बुझेको नै हुनुपर्ने हो,ू जिल्ला प्रहरी कार्यालयका एसपी विपिन रेग्मीले भन्नुभयो । कानुन नजानेर गल्ती गरेको भएपनि सजायको भागिदार हुने समेत उहाँले बताउनुभयो । कार्यक्रममा धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्र बेघा, समाजवादी पार्टीको धरान नगरको सभापति ताजुब लिम्बु, विभिन्न सङ्घसंस्थाको प्रतिनिधिहरू, समाजसेवी लगायत स्थानीय नागरिकहरूको उपस्थिति थियो । गोरखापत्र

spot_img

ताजा समाचार

छथरमा जातीय–सांस्कृतिक सहअस्तित्व र साहित्यमा केन्द्रित प्राज्ञिक गोष्ठी

काठमाडौं । तेह्रथुम – छथर गाउँपालिकामा जातीय, सांस्कृतिक विविधता र साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक...

राष्ट्रपति पौडेलसँग ब्रिटिश गोर्खा सेनाको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले...

सुनसरी–४ का मतदाताले उम्मेदवारसँग मागे बाढी नियन्त्रण र पूर्वाधार सुधार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं...

कास्की–२ कांग्रेस उम्मेदवार बास्तोलाको हात फ्र्याक्चर, चुनावी अभियानमा चोट

काठमाडौं । नेपाली कांग्रेसका कास्की–२ का उम्मेदवार माधवप्रसाद बास्तोला निर्वाचन अभियानका क्रममा घाइते हुनुभएको...