‘बजेटमाथि छलफल सुरु हुन सकेन’

Published on

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ल्याएको बजेट अरु प्रदेशले पारित गरिसक्दा समेत सुदूरपश्चिम प्रदेशमा बजेटमाथि छलफल सुरु हुन सकेको छैन । प्रदेश सरकारले बजेट सार्वजनिक गरेको तीन साता पुग्न लाग्दासम्म बजेटमाथि छलफल सुरु हुन नसकेको हो । गएको असार १ गते आगामी आर्थिक वर्षका लागि आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रस्तुत गर्नु भएको थियो । संसदीय व्यवस्थामा प्रदेश सभामा बजेटमाथि छलफल गरेर सर्वसम्मत वा बहुमतले पारित गर्ने व्यवस्था रहेको छ । बजेटमाथि अहिलेसम्म सभामा छलफल सुरु नभएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । सत्तारुढ दल नेकपा (एमाले) ले भने सदन नचलेका कारण बजेटमाथि छलफल सुरु हुन नसकेको जनाएको छ । “बजेटमाथि छलफल गर्न सदन चल्नु पर्छ”, एमाले संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भन्नुभयो, “सदन चलेको छैन । कसरी छलफल हुनु रु”

सुदूरपश्चिम प्रदेश सभाको पछिल्लो बैठक असार १ गते बसेको थियो । सभामुख भीमबहादुर भण्डारीले अर्को सूचना जारी नगरुञ्जेल अनिश्चित समयसम्मका लागि बैठक स्थगित गर्नुभएको छ । पछिल्लो परिवर्तित राजनीतिक घटनाका कारण सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पास हुने वा नहुने अन्यौलता बढेको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)बिच भएको सत्ता समिकरण सहमतिले प्रदेश सरकार अल्पमतमा पर्ने देखिएको छ । सत्तारुढ दल एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएमा बजेट पास नहुँदै सरकार ढल्ने सम्भावना छ । गोरखापत्र

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...