डोजरले खोस्यो रोजगारी

Published on

काठमाडौं । विकासे काममा डोजर प्रयोग गर्दा जिल्लाका युवायुवतीको रोजगारी खोसिएको छ । स्थानीयको आयस्रोत नभएपछि जिल्लाका मजदुर गरिखाने कामदारको घरमा घरखर्च चलाउन समस्या भएको छ ।

छायाँनाथ रारा नगरपालिका –६ का स्थानीय देवीलाल भ्यालका अनुसार गाउँमा विकासे काम नपाउँदा बालबच्चासहितको घर चलाउन मुस्किल छ । अन्य सुविधा भोगभन्दा पनि छाक टार्नका लागि घरमा अन्न नहुँदा बिचल्ली सुरु भएको छ । उहाँ भन्नुहुन्छ, ‘घरमै बसेर अनाज आउँदैन, मिहिनेत गर्नलाई ठाउँ छैन आफू त गाउँलेको खेतबारीमा गएर बिहान–बेलुका छाक टार्न सकिएला तर बालबच्चाको मन र पेट भोको छ । बालबच्चासहितको घर चलाउन मुस्किल छ । अन्य सुविधा भोगभन्दा पनि छाक टार्न पाएहुन्थ्यो । जिल्लामा पर्याप्त बेरोजगार जनशक्ति छ, तर यहाँ विकासे कार्यालय र स्थानीय सरकारले अधिकतम डोजरको प्रयोग गरिरहेका छन् । गाउँमा रहेका युवाहरू दिनभर डोजरले सडक खनेको हेर्दै दिन कटाउनुपर्ने बाध्यता छ ।

छायाँनथ रारा नगरपालिका–७ को घुगनेओडारमा भौतिक पूर्वाधार विकास मन्त्रालय कर्णाली प्रदेशको आर्थिक सहयोगमा र जिल्लाको पूर्वाधार विकास कार्यालयको प्राविधिक सहजीकरणमा हिजोआज दुईवटा डोजरले दैनिक काम गरिरहेको स्थानीय धनबहादुर ऐडीले बताउनुभयो । पूर्वाधार विकास कार्यालय मुगुका कार्यालय प्रमुख पदम देवकोटाका अनुसार जिल्लाको खत्याड गाउँपालिका, सोरु गाउँपालिका, मुगुमा कार्मारोङ गाउँपालिका त्यसैगरी छायाँनाथ रारा नगरपालिकामा आर्थिक वर्ष २०८०–८१ मा ३६ वटा योजना डोजरको प्रयोगबाट सडक निर्माण कार्य भइरहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...