७० प्रतिशत अनुदानमा छ सय विद्युतीय चुलो वितरण

Published on

काठमाडौं । कालीगण्डकी गाउँपालिकामा छ सय विद्युतीय चुलो वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत आर्थिक सहयोग र गाउँपालिकाको सहजीकरणमा छ सय विद्युतीय चुलो वितरण गरेको प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो ।

पालिका भित्रका नागरिकहरूलाई एलपी (खाना पकाउने)ग्यास भन्दा विद्युतीय चुलो सस्तो पर्ने भएकाले ३० प्रतिशत उपभोक्ताको लगानीमा चुलो वितरण गरिएको हो । पालिका भित्रका सात वटै वडा मार्फत चुलो वितरण गर्ने कार्य भइरहेको उहाँको भनाइ छ । चुलो लिँदा उपभोक्ताले ३० प्रतिशत अर्थात् एक हजार १०८ रुपियाँ भुक्तान गर्नुपर्ने हुन्छ । चुलो लिनका लागि इच्छुकले नागरिकताको प्रतिलिपीसहित स्वंयम उपस्थित हुनुपर्ने कालीगण्डकी गाउँपालिका वडा नम्बर एकका सामाजिक परिचालक मनिका बस्यालले बताउनुभयो । उहाँका अनुसार वडाबाट चुलो वितरण गर्ने कार्य जारी छ ।

विद्युतीय चुलोको प्रयोगमा खाना पकाउने ग्यास भन्दा सस्तो पर्ने, समयको पनि बचत हुने उपभोक्ता विष्णु पाण्डेले बताउनुभयो । पछिल्लो समयमा विद्युतीय चुलो प्रयोग गर्नका लागि सरकारले लिएको नीति र विद्युतको सहजता भएकाले पनि आफूले विद्युतीय चुलो लिएको उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...