कङ्गोमा आक्रमणपछि चार चिनियाँ नागरिकको मृत्यु भएको आशङ्का

Published on

काठमाडौं । चीनले बिहीबार डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा भएको सशस्त्र आक्रमणमा आफ्ना धेरै नागरिक मारिएको तथा बेपत्ता भएको पुष्टि गरेको छ ।

स्थानीय स्रोतले बुधबार सुनको धनी इटहरी प्रान्तको खानी स्थलमा सशस्त्र लडाकुको आक्रमणमा कम्तीमा चार चिनियाँ नागरिकको मृत्यु भएको जनाएको छ । बेइजिङको विदेश मन्त्रालयले डीआरसीमा रहेको एक निजी चिनियाँ कम्पनीमा सशस्त्र बलले आक्रमण गरेको जनाएको छ । आक्रमणपछि धेरै चिनियाँ नागरिकको मृत्यु भएको वा बेपत्ता भएको मन्त्रालयले जानकारी दिएको छ । चीनले आक्रमणको कडा निन्दा गरेको र सरकारले हत्याराहरूलाई सकेसम्म चाँडो खोजी गरी कानुन अनुसार कडा सजाय दिन माग गरेको मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा बताउनुभयो ।

कङ्गोका बासिन्दा र चिनियाँ खानी मजदुरबिच सुनको विषयमा द्वन्द्व भएजस्तै डीआरसीका खनन स्थलमा आक्रमणहरू हुने गर्छन् । केही स्थानीय स्रोतले बुधबारको घटनामा स्थानीय लडाकु समूह, कोडेकोको संलग्नता रहेको बताएका छन् । कोडेकोले प्रतिद्वन्द्वी हेमा जनजातिविरुद्ध लेन्दु जनजातिको हितको रक्षा गर्ने दाबी गर्दछ । कोडेकोले चिनियाँ खनन स्थलमा आक्रमण गरेको पुष्टि इटहरीको जुगु क्षेत्रको अबोम्बी सहरबाट नजिकै प्रान्तीय सहायक जीन–पियरे बिकिलिसेन्डेले जनाउनुभयो । चार चिनियाँ मारिएको तथा दुई कङ्गोली सेनाका सदस्य घाइते भएको पहिलो सङ्ख्या पुष्टि भएको उहाँले बताउनुभयो । अन्य स्थानीय स्रोतहरूले छ जना चिनियाँ नागरिक, उनीहरूका अङ्गरक्षक र दुई कङ्गोली सैनिक र दुई सर्वसाधारणको मृत्यु भएको जनाएका छन् । रासस\एएफपी

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...