TAL कार्यक्रमले पनि वनजङ्गलको हैसियत बढाएको छ

Published on

तराई भू–परिधी कार्यक्रम पूर्वमा बागमती नदी देखि पश्चिममा यमुना नदीसम्म नेपाल र भारतको सिमानामा फैलिएको एक विस्तृत संरक्षण भूभाग हो । जसमा हिमालयको फेद र तराईको तल्लो भूभाग समेटिएको छ । करिव ५१ हजार ११ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको तालले नेपालको चितवन र भारतको वाल्मीकि जस्ता प्रसिद्ध पार्कहरू सहित १४ वटा भन्दा बढी संरक्षित क्षेत्रहरूलाई जोड्दछ । साथै बाघ र गैंडा जस्ता लोपोन्मुख प्रजातिहरूको लागि एक महत्वपूर्ण बासस्थान सिर्जना गर्दछ । यो सीमावर्ती परिदृश्यले वन्यजन्तुको संरक्षण, स्थानीय समुदायको जीवनमा सुधार र अत्यावश्यक पारिस्थितिकीय प्रणालीहरू पुनस्र्थापित गर्ने लक्ष्य राख्दछ । नेपालमा बागमती नदीदेखि महाकाली नदीसम्म तराई र भित्री मधेशका १९ वटा जिल्लाका पुरै वा आंशिक भूभागको वन, घाँसेमैदान तथा बुट्यान, सिमसार क्षेत्र र कृषिभूमि ओगटेको पूर्वमा पर्सा, राष्ट्रिय निकुन्ज र पश्चिममा शुक्लाफाँटा राष्ट्रिय निकुन्ज गरी छ वटा संरक्षित क्षेत्रहरू र यी संरक्षित क्षेत्रहरू लगायत भारतको संरक्षित क्षेत्रहरूलाई नेपालको चुरे र महाभारतको वनसँग जोड्ने तथा लोपोन्मुख बाघ र अन्य प्रजातिहरूको ओहोर दोहोरको लागि महत्वपूर्ण कोरिडोरहरु मार्फत जोड्ने काम पनि यस कार्यक्रम गर्ने गर्दछ । दक्षिणमा भारतीय सीमा देखि चुरियाको मध्ये र पश्चिमी भाग गरी उत्तरसम्म फैलिएको नेपालको तराई भू–परिधीको जम्मा जम्मी क्षेत्रफल २४हजार ७ सय १० वर्ग किलोमिटरको रहेको छ । यसक्षेत्रमा करिब ८० लाख मानिस बसोबास गर्दछन । ती मध्ये धेरैजसो गरिब छन् । ५७ प्रतिशत परिवारको भू–स्वामित्व डेढ बिघा भन्दा कम छ । यी परिवार आफनो गुजाराको लागि प्राकृतिक श्रोत माथी आत्याधिक निर्भर रहेका छन । तथापी नेपालको तराई भू–परिधि र जैविक विविधता संरक्षणमा यसको महत्व के–कस्तो छ र यस कार्यक्रमले वर्तमान परिपेक्षमा के गरिरहेको छ भनि तराई भू–परिधि कार्यक्रमका कार्यक्रम प्रबन्धक लक्ष्मणप्रसाद पौड्याल सँग एएनएन नेपालले गरेको कुराकानीको सार……
तराई भू–परिधी कार्यक्रम कस्तो कार्यक्रम हो । यसले समग्रमा कस्तो कार्य गर्दछ ?
यो तराई भू–परिधी कार्यक्रम चाहीँ सन् २००४ बाट सुरु भएको हो । उसरी हामीले २००१ बाट नै सुरु गरेको हो । WWF नेपाल र नेपाल सरकार मिलेर । सन् २००४ मा चाहीँ नेपाल सरकारले तराई भू–परिधी कार्यक्रम भनेर १० वर्षे कार्य योजना ल्यायो । त्यसमा चाहीँ पूर्वमा बागमती नदी देखि पश्चिममा महाकाली नदी सम्म नेपालको भु–भाग त्यो चाहीँ तराईका १९ वटा जिल्लाहरु समेटेर तराई भू–परिधी कार्यक्रम भनेर ल्यायो । यसको मुख्य उदेश्य चाहीँ बिचमा रहेका दुर्लभ वन्यजन्तुहरुको संरक्षण गर्न बिचबिचमा रहेका बासस्थानहरुको व्यवस्थापन र संरक्षण गर्ने र यस क्षेत्रमा बस्ने मानिसहरुको जिपिकोपार्जनमा सहयोग पर्याउने भन्ने मुख्य किसिमका यसका उदेश्यहरु हुन । अब यो किन ल्याउनु पर्यो भन्दा खेरी चाहीँ पूर्वमा विशेष गरि बाघ पाइने क्षेत्रलाई चाहीँ यसलाई प्राथमिकता दिएर ल्याएको हो । पर्सा राष्ट्रिय निकुञ्जमा, चितवन राष्ट्रिय निकुञ्ज बागमतीबाट पश्चिम तिर छ । कञ्चनपुर तर्फ पर्ने पर्सा राष्ट्टिय निकुञ्ज ,चितवन राष्ट्रिय निकुञ्ज ,बाके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्टिय निकुञ्ज यसको बिचमा एउटा चाहिँ संरक्षण क्षेत्र पनि पर्छ । राष्ट्रिय निकुञ्जको बिचमा । अनि दक्षिण तिर हेर्न हो भने धेरै जसो राष्ट्रिय निकुञ्जहरु भारत सँग सीमाना जोडिएको अवस्थामा छन् । अनि भारतको भु–भाग पनि हाम्रो नेपालको तराईको जस्तै भएकोले भारतको उत्तर प्रदेशको भु–भागमा त्यहाँ पनि तराई भू–परिधी कार्यक्रम भारतले पनि ल्यायो ।


भारत र नेपालको अन्तराष्ट्रिय रुपमा हेर्न हो भने भारत र नेपालमा यस्ता क्षेत्र धेरै पर्दा रहेछन् । भारतमा पनि हाम्रो चितवन राष्ट्रिय निकुञ्ज जस्तै अन्य विभिन्न राष्ट्रिय निकुञ्जहरु पर्दा रहेछन् । चितवनको ठ्याक्कै दक्षिण तिर बाल मिनि रिजब पर्दा रहेछ । अनि यो ठ्याक्कै बन विभागको चाहीँ दक्षिण तिर हेर्न हो भने एउटा संरक्षित क्षेत्र पर्ने रहेछ । अनि हाम्रो शुक्लाफाँटाको कुरा गर्न हो भने शुक्लाफाँटा तपाईलाइ थाहा नै छ । साथै विभिन्न राष्ट्रिय निकुञ्ज अलिकति दक्षिण तिर अलिकति पश्चिम तिर पर्दछन् । अनि भारतका राष्ट्रिय निकुञ्जहरुमा पनि वन्यजन्तु हुने नेपालको राष्ट्टिय निकुञ्जमा पनि वन्यजन्तु हुने बिचमा चाहीँ हाम्रो बासस्थान चाहीँ बिचमा नास हुने भयो भने वन्यजन्तुहरुलाई अहसज पर्ने अनि दुरगामी असर पनि पर्ने भयो । जसले गर्दा मानव वन्यजन्तुको द्धन्द्ध हुने भएकोले यस्ता ठाँउका वनजङ्गलहरु चाहीँ संरक्षण गर्ने भनेर यस कार्यक्रम उदेश्य राखिएको छ । चितवन देखि यता बाँके राष्ट्रिय निकुञ्ज सम्मको नेपालको बिचको भू–भागका वनजङ्गलहरुमा राम्रो सँग वन्यजन्तु ओहोरदोहोर गर्न पाउन् र वनको अवस्था पनि राम्रो होस् भन्नको लागि यो कार्यक्रम सृजना गरिएको हो । जसअनुसार वनबाटै संरक्षणमा राम्रो गर्न सक्यो भने मानव बस्तिमा मानवयि रुपमा सुरक्षित रहन्छ भन्ने यस कार्यक्रमको मुख्य उदेश्य हो । यो कार्यक्रम लागु भएको झण्डै २ दशक भन्दा बढि भैइसक्यो । सन् २००४ बाट २०१४ सम्म पहिलो फेज थियो । त्यसै गरेर सन् २०१५ बाट २०२५ सम्म दोस्रो फेज थियो । लगभग अन्तिम चरणमा छौ फेरि केहि बर्ष थपिन्छ । यसैगरि यस कार्यक्रमले कार्यक्रम कसरी सञ्चालन गर्दछ भन्ने कुरा बुझनु जरुरी हुन्छ । अब यसमा चाहीँ के हुन्छ भने देखि WWF नेपालले र वन तथा वातावरण मन्त्रालयले पहिलो एग्रीमेन्ट गर्छ । यो नेपाल सरकारको कार्यक्रम हो । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयको तराई भू–परिधी कार्यक्रम WWF नेपाल र वन मन्त्रालयको बिचको कार्यक्रम भयो । WWF नेपाल र वन तथा वातावरण मन्त्रालय बिच सबै भन्दा पहिला एग्रीमेन्ट हुन्छ ५ वर्षको । त्यसै गरि एग्रीमेन्ट थपिँदै जान्छ । यस वर्ष पनि एग्रीमेन्ट भएको छ जस अनुसार हामी कार्यक्रम गरिरहेका छौँ । अब यसरी एग्रीमेन्ट भैसकेपछि हाम्रो विभिन्न काम गर्न तवरतरिका हुन्छन् । सरकारी निकायहरुमा चाहीँ अर्थमन्त्रालय बाट बजेट रिलिज हुन्छ । अनि त्यसपछि त्यो चाहीँ सम्बन्धित कार्यलयहरुमा पुग्छ । त्यस्तै गरि यो निकायमा पनि सबै भन्दा पहिला अब संघ संस्थामा प्रस्ताव पठाउँछौ । जस अनुसार हामी विभिन्न बजेट चाहीँ हाम्रो पछि प्रबन्ध हुने गर्दछ । कहिले प्रपोजल लेखेर बाहिर निकायबाट पैसा खोजेर ल्याउने गरिन्छ । कुनै–कुनै निकायहरु पैसा निरन्तर दिने गरेका हुन्छन् । जे जस्तो गरेर हुन्छ WWF नेपालले संकलन गरेको पैसा अनि यो चाहीँ हाम्रो यो कार्यक्रममा आइपुग्ने गर्दछ । यसमा बुझनु पर्ने कुरा के छ भने यहाँ पैसा आइसके पछि तराई भू-परिधी कार्यक्रमले सोझै यहाँ यो काम गर्न उहाँ यो काम गर्न भन्दैन हाम्रो कार्यक्रमको त्यस्तो उदेश्य हँुदैन । जस्तो यहाँ बाट कार्यक्रम गर्यो भने उदाहरणको लागि हाम्रो शुक्लाफाँटा राष्ट्टिय निकुञ्ज सँग एग्रिमेन्ट गर्दछौ । शुक्लाफाँटामा ल्याएका कार्यक्रमहरु गर्नको लागि उहाँहरुलाइ पैसा पठाई दिन्छौ र शुक्लाफाँटाले कार्यक्रम सञ्चालन गर्ने गर्दछ । अब हामीले त्यसपछि कामहरु भयो भएन कस्तो भयो काम गर्नलाइ सजिलो गाह्रो केहि छ कि हामी केहि प्राविधिक सहयोग गर्नु पर्छ कि भन्ने भुमिका निर्वाह गर्ने गर्दछौ ।

तपाइले सोध्नु भएको प्रश्नको सन्र्दभमा अब मुख्य उदेश्य नै वनजङगलहरु अनि राष्ट्टिय निकुञ्जहरुको हैसियत राम्रो होस् वनजङ्गहरु राम्रा हुन भन्ने मुख्य उदेश्य हो । अब यो चाहीँ २ दशक भयाे र २ दशक पहिला देखि हेर्न हो भने हरियोपन पनि बढेको छ । वनको हैसियत पनि राम्रो हुँदै गएको छ भन्ने रिजल्ट छ । ठ्याक्कै एकै पटक देख्ने कुरा भएन त्यहिँ निष्कर्षको अनुसारमा हेर्न हो भने राम्रो चाहीँ हुदै गएको छ ।
समस्या चुनौती जस्तो विविध पक्षलाई कसरी हेर्ने गर्नुभएको छ ?
अब च्यालेन्जको कुरा गर्न हो भने क्षेत्र धेरै ठुलो हो । बागमती देखि महाकाली नदी सम्म अब पैसा दिने wwf नेपालले पनि कति नै पैसा खर्च गर्न सक्छ र । अब त्यत्रो झण्डै तराइको आधा भु–भाग भन्दा बढि भयो । त्यहिँ भएर सबै जिल्लाहरुमा चाहीँ कार्यक्रमहरु केन्द्रित गर्न सकिएको छैन । मुख्य मुख्य ठाउँमा मात्र गएकोे छ जस्तै चितवन, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नै वरिपरि केन्द्रित छ ।
अरु क्षेत्रहरु धेरै क्षेत्रहरु छन् । अनि कार्यक्रम चाहीँ अब मुख्य रुपमा आवश्यकता कहाँ–कहाँ छ भनेर बर्षको एक चोटि हामी हेर्न गर्छाै । अनि कुन ठाउँमा चुनौतिहरु छन् त्यस ठाउँकोे वन्यजन्तुहरुलाइ सिकारको चुनौती कति छ अनि मानव वन्यजन्तु वनजङगल कहाँ बढि छ र त्यसपछि यो प्रचार प्रसार संरक्षणको काम कहाँ बढि गर्नु पर्न हुन्छ भन्ने किसिमको आउँछ । त्यो अनुसार यहाँबाट कार्यक्रम गरेर पठाउने गर्दछौ । एउटा । अर्काे विभिन्न प्रस्तावहरु तयार गरेर पठाएको हुन्छ । कहिले लुम्बिनी क्षेत्रको पठाएको हुन्छ कहिले चितवनको कहिले बर्दियाको ठाँउ ठाँउको पठाएको हुन्छ अन्तराष्ट्रिय जगतमा । अनि यहाँको सबै पास भएर आउँछ भन्ने हुँदैन । कुनै ठाउँको आउछ त्यहाँ धेरै कार्यक्रम हुन्छ जहाँ धेरै आउँदैन त्यहाँको कार्यक्रम अलि फरक हुन्छ त्यस्तो हुन्छ बराबर चाहीँ हुँदैन ।
यस कार्यक्रमका आगामी योजना के कस्ता हुन् सक्छन् नि ?
अब हाम्रो आगामी कार्यक्रम चाहीँ कस्तो हुन्छन् भने एउटा चाहीँ मुख्य दुर्लभ वन्यजन्तुको संरक्षण गर्ने किसिमका कार्यक्रमहरु हुन्छन् । जस्तै घाँसे मैदान व्यवस्थापनका कामहरु, पानी पोखरीका कामहरु, मानव वन्यजन्तु बिचको द्धन्द्ध
न्यूनिकरणको लागि तारजाली निमार्ण सँगै जिविकोपार्जनको कामहरुको लागि चाहीँ विभिन्न किसिमका आयआर्जनका कामहरु हुने गर्दछन् । त्यसपछि बाँकी भनेको प्रचार प्रसारका कामहरुमा पनि हामी मुख्य रुपमा केन्द्रित हुन्छौं ।

ताजा समाचार

परराष्ट्रमन्त्री डा राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले...

प्रदर्शनकारीद्वारा बङ्गलादेशका सरकारी भवनमा आागजनी

काठमाडौं । बङ्गलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा प्रदर्शनकारीले एकैदिन धेरै सरकारी भवनमा आगो लगाइदिएका...

ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई...

भगवानको कृपाले म बाँचे : पूर्वराष्ट्रपति ट्रम्प

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति एवम् रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आइतबार भएको...