वृत्तचित्रमा लाक्पा

Published on

काठमाडौं । सगरमाथा आरोही लाक्पा शेर्पाको जीवनीमा आधारित वृत्तचित्र तयार भएको छ । ‘माउन्टेन क्विन स् द समिट्स अफ लाक्पा शेर्पा’ शीर्षक वृत्तचित्र जुलाई ३१ मा नेटफ्लिक्समा प्रदर्शन गरिने जनाइएको छ ।

वृत्तचित्रमा नेपाली सबटाइटल रहने बताइएको छ । दुई पटकसम्म एकेडेमी अवार्ड (ओस्कार) नोमिनेसनमा पर्नुभएकी निर्देशक लुसी वाकरको निर्देशनमा सो वृत्तचित्र निर्माण गरिएको हो । सो वृत्तचित्र अमेरिकाको न्युयोर्क सिटीको आइएफसी सेन्टर हलमा प्रिमियर गरिएको थियो । वृत्तचित्रमा लाक्पाको सगरमाथा आरोहणको कथा र जीवन सङ्घर्षको आरोह अवरोहलाई प्रस्तुत गरिएको छ । लाक्पाले १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले सन् २०२२ को मे १२ मा दसौँ पटक सगरमाथाको आरोहण गर्नुभएको थियो । उहाँ सन् २००० मा सगरमाथा आरोहण गरेर सफलतासाथ फर्कने पहिलो नेपाली महिला बन्नुभएको थियो । लाक्पा २० वर्षभन्दा लामो समयदेखि अमेरिकाको कनेक्टिकटमा बस्दै आउनुभएको छ । नेपालमा छँदा उहाँले गरेको सङ्घर्ष र रोमानियन अमेरिकनसँग विवाह गरेर अमेरिका पुगेपछि श्रीमान्बाट भोग्नु परेको घरेलु हिंसा, उक्त हिंसा देख्नुभएकी छोरीले भोगेको मानसिक आघातलगायतलाई पनि वृत्तचित्रमा देखाइएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...