भुक्तानी नपाउँदा निर्माण व्यवसाय सङ्कटमा

Published on

काठमाडौं । आर्थिक वर्ष सकिनै लाग्दा पनि निर्माण व्यवसायीले भुक्तानी नपाएको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले तत्काल भुक्तानीको माग गरेको छ तर अर्थ मन्त्रालयले भने निर्माण व्यवसायीको भुक्तानीमा कुनै समस्या नभएको जनाएको छ ।

महासङ्घले भुक्तानी नपाउँदा निर्माण व्यवसाय सङ्कटमा परेको भन्दै विज्ञप्ति जारी गरेको छ तर अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता उत्तरकुमार खत्रीले भन्नुभयो, “विधि र प्रक्रियासम्मत भएको भुक्तानी रोकिएको छैन । हामी खर्च होस् भन्ने चाहन्छौँ तर अर्थ मन्त्रालयसँग स्रोत र सहमति नलिई शीर्षक नछुट्टिएको अवस्थामा रोकिएको हुन सक्छ । महासङ्घले भने विधिसम्मत र सम्झौता भएरै आयोजना सम्पन्न गरिएको जनाएको छ । महासङ्घका महासचिव रोशन दाहालले भन्नुभयो, “आयोजना विधिसम्मत र कानुनसम्मत सम्पन्न भएको छ । महासङ्घका अनुसार सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनपश्चात् राज्यबाट व्यवसायीको करिब ६० अर्ब रुपियाँ भुक्तानी बाँकी छ ।

डडेलधुराको अमरगढी नगरपालिका–५ का निर्माण व्यवसायी डम्बरदेव भट्टको असार १५ गते घरनजिकैको जङ्गलमा शव भेटिएको थियो । भुक्तानी नपाएका कारण आफू साह्रै सङ्कटमा परेको भट्टले महासङ्घलाई जानकारी दिनुभएको दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “भुक्तानी नपाएकै कारण डम्बरदेव भट्टले आत्महत्या गर्नुभयो । व्यवसायी निकै समस्यामा छन् । छिटो समाधान नगरे यसले विकराल रूप लिने अवस्था छ । गत फागुनमा सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधन गरी सम्झौताहरूको म्याद थप भएपछि भुक्तानीको दायित्व बढेको थियो । फागुनमा करिब तीन अर्ब भुक्तानी भएको थियो । त्यसपछि भुक्तानी रोकिएको महासचिव दाहालले बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...