गोसाइँकुण्ड साहसिक पदमार्ग

Published on

काठमाडौं । देश दर्शन गरिरहन मन लाग्नेलाई टाढा जान पर्दैन । जन्मभूमिमै प्रशस्त नयाँ नयाँ जीवनशैली, भूबनोट र प्राकृतिक वस्तु हाम्रा लागि प्रचुर मात्रामा छन् । आखिर हामी के हेर्दछौँ अनि हेर्न र देख्न नै के चाहन्छौँ र रु हामीले देखेका जति सबै थोक हामीलाई चाहिने वा काम लाग्ने हुन् र रु ती त दुई दिनको घामछाया मात्रै हुन् । बाँच्नुपर्ने जिन्दगी त आफ्नै हुन्छस जसमा परिवार अनि परिवेश हुन्छ । त्यसलाई हामी त्याग्न सक्तैनौँ ।

यसअघि एक पटक यात्रा गरिसकेको भए पनि यसपालि २०८१ सालको गङ्गा दशहरा मेला सुरु भएको खबर पाएदेखि नै त्यस ठाउँको याद आउन थालेकाले कहिले निस्कौँ हुन थालिहाल्यो । पहिलो यात्राको बखत भोगेको अनुभवले अलि कठिन यात्रा हो भन्ने लागिरहेको हुँदा बेला बेला दोमन भने भई नै रह्यो तर पनि त्यो यात्रामा देखेका कुनै कुनै यात्रीको अवस्था कुनै अलि बुढा, कोही अशक्त तर पनि घोडाको सहायताले यात्रा पार गरेका त कोही जोशिला युवकयुवती । ती सबैको दाँजोमा आपूmले पनि सजिलै यात्रा गरेको अनुभूतिले गर्दा मनमा कौतूहल पैदा भइरह्यो । त्यसै अनुरूप गोँगबु, माछापोखरी गई बसको टिकट काटी धुन्चेतिर लागेँ । यात्रामा बट्टार, त्रिशूलीवरपरको हावापानी झन्डै मधेश झल्काउने खालको गर्मी हुने भए पनि यो लामो समय रहन्न किनकि यात्रा छिट्टै रसुवातिर अगाडि बढिहाल्छ । त्यहाँको हावापानी त्यहाँको उचाइले गर्दा होला, उति असह्य बन्दैन । अनि वेत्रावती कटेपछि त कालिकास्थान, राम्चे हुँदै धुन्चे पुग्दा चिसो हावाले हान्दा शीतल अनुभव हुन थालिहाल्छ ।

अघिल्लो पटक ४ बजेपछि सुरु गरेको धुन्चेदेखिको पैदल यात्रा यस पटक सवा २ बजेतिरैबाट सुरु भएको थियो । उही यात्रामा सरिक हुन आएका यात्रुमा दुई भारतीय, दुई मेक्सिकन र चार नेपाली थियौँ । आफूलाई भने जति सक्दो छिटो अगाडि बढ्दै जाने अनि त्यो डरलाग्दो उचाइसहित लमतन्न परिरहेको डाँडोसँग जुध्ने चुनौतीले आक्रान्त पारेकाले एक्लै अगाडि बढ्छु । गत जेठमा परेको गङ्गा दशहरा मेलामा शुक्रअन्ध परेकाले उति धेरै तीर्थयात्री सहभागी नभएको पाइयो । यसका कारण आशा गरेर बसेका होटेल, लज व्यवसायी पनि अलि निराश बनेका देखिन्थे । यात्रामा देखेर पनि उति महìव नदिएको मिनी गोसाइँकुण्डले घट्टेखोलामै पहिलो स्वागत गरेपछि उकालो लाग्दा आइपुग्ने पहिलो एक्ले लज यसपलि बन्द रहेछ । सञ्चालन गर्ने कोही नभएर हो वा यात्रुको कमीले, थाहा पाउन सकिएन । अब ठाडो उकालो सुरु भयो । करिब एक घण्टा जङ्गलैजङ्गलको बाटो हिँडेपछि खेन्दीका लजहरू भएको ठाउँ आइपुगियो । यहाँ राम्रा लजहरू थिए । ठाडै उकालो पर्ने हुँदा होला सायद, खेन्दीलाई ‘खन्ती उकालो’ पनि भनेको सुनियो । यो भाषागत फरक पनि हुन सक्छ ।

खेन्दीबाट करिब एक घण्टाको उकालो हिँडेपछि देउराली आइपुगियो । यहाँ दुई तीन वटा ठुला लज र राम्रो खानेबस्ने व्यवस्था छ । त्यहाँ तलमाथिबाट आउँदै गरेका यात्रु लजको बाहिरपट्टि बेन्चहरू राखिएको चौडा आँगनीमा बसी चिया नास्ता खाने र विश्राम गर्ने गरेका थिए । देउरालीको विश्रामपछि अब बाटो नाकै ठोस्ने जस्तो उकालो लाग्नुपर्ने थियोस जसमा करिब दुई घण्टा हिँडेपछि धिम्सामा लजहरू आइपुग्यो । यहाँ ठाडै उकालो हिँड्नुपर्ने हुँदा पानीलगायत अन्य झोल पदार्थ प्रशस्त साथमा लानुपर्ने हुन्छ किनकि त्यहाँ बिचमा एक अस्थायी टहरा छ तर त्यो कहिले खुल्ने र कहिले बन्द हुने हुँदा उति भर पर्न सकिँदैन । उक्त अस्थायी टहरापछि करिब एक घण्टाको दुरीमा धिम्सा आइपुगियो, जहाँ सुविधासम्पन्न तीन वटा लज छन् । त्यहाँ सबैभन्दा माथिल्लो चाहिँ यान्छियु लज छस जुन हालसालै बनेको र अभै केही काम हुँदै गरेको थियो । त्यहाँका कोठाहरू सुसज्जित थिए । त्यहाँ पुग्दा यो जेठको धुपमा पनि राति चिसो महसुस भइरहेको थियो ।

धिम्साबाट आधा घण्टाको उकालो हिँडेपछि चन्दनबारी आइपुग्छ । यस ठाउँलाई सिङ्गोम्पा पनि भनिन्छ । यहाँ एक बौद्ध गुम्बा रहेको छस जहाँ भित्र पसी बत्ती बाल्ने र पूजा गर्न सकिन्छ । यहाँनजिकै सेनाको ब्यारेक र चिज उत्पादन केन्द्र पनि रहेको छ । मेलाको समयमा सेनाले बाहिरै क्याम्प खडा गरी यात्रीको स्वास्थ्य जाँच गर्ने र औषधी दिने काम गर्छ । यहाँ उत्पादन हुने चिज दुग्ध विकास संस्थान (डिडिसी) को आफ्नै कारखाना भएको हुँदा निकै गुणस्तरीय मानिन्छ । यहाँबाट माथि लागेपछि दुई घण्टाको दुरीमा चोलाङ पाटी आइपुग्छस जहाँ खानबस्नका लागि बाह्रै महिना होटेल, लज पाउन सकिन्छ ।

यहाँबाट माथि लागेपछि अब लौरीविनाको उकालो सुरु हुन्छ । करिब चार घण्टाको उकालो पर्ने यस ठाउँमा बिचतिर केही होटेल लज स्थायी किसिमले निर्माण भएका छन्स जसको उचाइ साढे तीन हजार मिटर रहेको छ । लौरीविनाको चुचुरोमा पुगेपछि हामी बुद्ध मन्दिर आइपुग्छौँ । यसको उचाइ तीन हजार नौ सय मिटर रहेको छ । यहाँबाट लाङटाङ, लिरुङ, बौद्धलगायत हिमशृङ्खला हेर्न सकिन्छ । साथै उकालो चढ्दाका तलतिरका प्रमुख बस्तीहरूको दृश्य पनि अवलोकन गर्न सकिन्छ । बुद्ध मन्दिरबाट गोसाइँकुण्डतर्पm लाग्ने बाटो त्यति कठिन छैन । अलि अलि कताकति उकालो र धेरै जसो सम्म जस्तै छ । अब लगभग चार हजार चार सय मिटरको उचाइमा पुग्नुपर्ने हुँदा करिब पाँच सय मिटर उचाइ अभैm लिनुपर्ने हुन्छ । यो भाग माथि जानका लागि निकै कठिन साबित हुन्छ । एक त उचाइले गर्दा लेक लाग्ने भई सास फेर्न कठिनाइ हुन्छ भने अर्को यात्राको अन्तिम भागमा पुग्दा जोसुकै पनि थकाइले लखतरान हुन्छन् । फर्कंदा केवल आधा घण्टामा आइने बाटो जाँदा भने करिब दुई घण्टा लाग्यो । कतिपय त विभिन्न औषधी सेवन गरी कुण्डको दर्शन गर्न पुगेका रहेछन् ।

कुण्डनजिक पुग्दा एक स्वागतद्वारले ‘गोसाइँकुण्डमा तपाईंलाई स्वागत छ’ भनी पर्खिरहेको हुन्छ । मुख्य कुण्डको दर्शन पाउनुअघि नै सरस्वतीकुण्ड र भैरवकुण्डले यात्रुलाई गोसाइँकुण्ड यिनै त होइनन् भन्ने आभास दिइरहेका हुन्छन् । यी काला कुण्डहरू केवल देख्नका लागि मात्र रहेका हुन्छन्स त्यहाँ गई कसैले नुहाउने, पूजा गर्ने आदि केही गर्दैनन् । त्यसो त सूर्यकुण्ड, आमाकुण्ड, दुधकुण्डलगायत सयौँ कुण्ड यो हिमाली भेगमा रहेका छन् ।

पौराणिक कथन अनुसार देवता र दैत्यहरूको घमासान युद्ध हुँदा समुद्र मन्थनका बेला निस्केको कालकुट विष सेवन गरी छटपटाएका महादेव शिवजीले यहाँ आई पहाडको यस कन्दरामा आफ्नो त्रिशूलले हानी पानीका फोहरा निकाली सो पानी खाएर आफ्नो घाँटीमा रहेको कालकुट विषको असर मत्थर पार्नुभएको थियो । सोही फोहराको पानी बगेर गई हिन्दु, बौद्ध आदि धर्मावलम्बीले मान्ने एक मनोहर कुण्ड बन्न गएको जनविश्वास छ । छ सय मिटर लम्बाइ र ३७० मिटर चौडाइसहित एकै पटक कतै घाम लाग्ने त कतै बादलले ढाक्ने एक अद्भुत स्वरूप धारण गरेर रहेको अनि शिवकुण्ड, शिलुकुण्ड आदि नामले समेत चिनिने यो क्षेत्र गोसाइँकुण्डले धारण गरिरहेको पाइन्छ ।

समय र परिस्थिति अनि लेखक र काव्यकारका अनुसार यस ठाउँको महत्व विविध बन्दै गएको छ र अभैm बन्दै जाने अनुमान गर्न सकिन्छ । जे होस्, यो प्रकृतिको रमणीय स्थलमा धार्मिक, पर्यटकीय अथवा विशुद्ध शारीरिक तन्दुरुस्तीको परीक्षण गरी स्वास्थ्यलाभ गर्ने हेतुले लामो समयदेखि साहसिक पदमार्गका रूपमा देशीविदेशी यात्रु रमाउने गरेका देखिन्छ ।

ताजा समाचार

परराष्ट्रमन्त्री डा राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले...

प्रदर्शनकारीद्वारा बङ्गलादेशका सरकारी भवनमा आागजनी

काठमाडौं । बङ्गलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा प्रदर्शनकारीले एकैदिन धेरै सरकारी भवनमा आगो लगाइदिएका...

ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई...

भगवानको कृपाले म बाँचे : पूर्वराष्ट्रपति ट्रम्प

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति एवम् रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आइतबार भएको...