हरित काठमाडौँ

Published on

काठमाडौं । हरियाली सहरको जीवन हो । बढ्दो सहरीकरणको प्रभावले प्रदूषण बढ्दै गइरहेको परिप्रेक्ष्यमा प्रदूषणलाई न्यूनीकरण गरी वातावरण स्वच्छ र सफा राख्नुका साथै हरियालीले सहरलाई सुन्दर बनाउँछ । यसले सहरवासीको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ । खुला र स्वच्छ वातावरणको आवश्यकता पूर्ति गर्न हरियाली सौन्दर्यीकरण आजको आवश्यकता हो । हरियालीयुक्त वातावरणको व्यवस्थापनले सहरवासीको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ भने यसले सहरको सुन्दरतामा समेत योगदान पुयाउँछ । सहरका सडकमा दायाँबायाँ वृक्षरोपण गरी, अन्य खाली स्थानमा बगैँचा तथा पार्कको निर्माण गरेर हरियाली प्रवर्धन गर्न सकिन्छ । यसले प्रदूषणको मात्रा कम गर्नमा सहयोग पुयाउँछ । काठमाडौँ विभिन्न सुविधा तथा अवसरहरूको गन्तव्य स्थलका रूपमा विकसित भएकछ । यहाँ जनसङ्ख्याको चाप बढ्दै गइरहेको र सहरीकरणका लागि निर्माण कार्यहरू पनि तीव्र रूपमा हुँदै गइरहेका कारण यहाँको वायु, वातावरण तथा नदीहरूमा प्रदूषणको मात्रामा वृद्धि हुन गई हरित क्षेत्रमा अत्यधिक चाप परेको छ । जसको फलस्वरूप यहाँको हरियालीमा क्षयीकरण हुँदै गइरहेको स्पष्ट महसुस गर्न सकिन्छ । यस्तो अवस्थामा यत्रो मानव समुदायका लागि शुद्ध हावा तथा प्रदूषणरहित वातावरणको व्यवस्था गर्न निकै जटिल हुनु स्वाभाविक हो । यसका विभिन्न कारण छन्, तीमध्ये निम्न मुख्य देखिन्छन् स्

१। बढ्दो जनसङ्ख्या

२०७८ सालको जनगणना अनुसार काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्लाको जनसङ्ख्या ३० लाख २४ हजार ८८६ छ । अवसरहरू सहरमा नै उपलब्ध हुन्छन् । गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर, विभिन्न सुविधाको पर्याप्तता र उपलब्धताका कारणले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यका आई बसोबास गर्नेदेखि लिएर बसाइँसराइ गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको छ । आफ्नो योग्यता, सिप र क्षमता भएका व्यक्तिहरूका लागि त काठमाडौँ उचित अवसरको सहर हो । त्यसैले पनि काठमाडौँ एउटा व्यस्त सहरका रूपमा चिनिन्छ । यसले गर्दा एकातिर खुला स्थानको अभाव भइरहेको छ भने अर्कोतिर प्रदूषणको मात्रामा पनि वृद्धि भइरहेको छ । २। बढ्दो सवारीसाधन

बढ्दो जनसङ्ख्याका कारणले काठमाडौँ उपत्यकामा गाडीको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा बस, मिनी बस, ट्रक र मिनी ट्रक, ब्रेन, डोजर, एक्साभेटर, कार, जिप, भ्यान, पिकअप, माइक्रो बस, टेम्पो, ट्र्याक्टर, पावर टिलर, एम्बुलेन्स, मोटरसाइकललगायत गरी जम्मा साढे १७ लाख सवारीसाधन दर्ता भएको देखिन्छ । ती सवारीसाधनबाट कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड, नाइट्रोजन अक्साइड, हाइड्रो कार्बन, सल्फर डाइअक्साइड र अभिकणीय पदार्थहरू उत्सर्जन हुने गर्छन् । जसले वायु प्रदूषणमा प्रमुख भूमिका निभाउँछन् । त्यसबाहेक काठमाडौँमा गुड्ने गाडीहरूको धुवाँले निम्त्याएको प्रदूषणको मार पनि त्यत्तिकै छ । यस्तो अवस्थामा यत्रो मानव समुदायका लागि शुद्ध हावा तथा प्रदूषणरहित वातावरणको व्यवस्था गर्न निकै जटिल हुनु स्वाभाविकै हो ।

३। सहरी वनसम्बन्धी जनचेतनाको कमी

स्वस्थ रहन आफू बसेको वरिपरिको वातावरण सफा राख्नु प्रत्येक नागरिकको पनि दायित्व हो । हरियालीले वायुमा अक्सिजनको मात्रामा वृद्धि गर्छ, तापक्रम तथा प्रदूषण घटाउन सहयोग पु¥याउँछ र अन्त्यमा आफ्नै स्वास्थ्यका लागि फाइदा पु¥याउँछ भन्ने सोचाइ कमैले राखेको पाइन्छ । त्यसैले पनि सहरका विभिन्न्न स्थानमा लगाइएका बिरुवा भाँच्ने, उखेल्ने, फूल टिप्ने जस्ता क्रियाकलाप पनि देखिन्छन् । यी सबैका पछाडि जनचेतनाको कमी रहेको देखिन्छ ।

४। उपयुक्त बिरुवा छनोट

हाल सहरका सडकको बिच, किनार तथा अन्य आवश्यक पार्कहरू जस्ता स्थानमा लगाइएका बिरुवाका प्रजातिको छनोट पनि उचित ढङ्गले गरिएको पाइँदैन । पहिला पहिला काठमाडौँका सडक किनारमा लगाइएका बिरुवाका प्रजातिमा खास गरी काँगियो, मसला, लहरे पिपल, जाकारान्डा जस्ता आयातित प्रजातिको बाहुल्यता थियो । त्यसबेला सहरी सौन्दर्यीकरणभन्दा पनि छिटो हुर्कने खालका प्रजातिको छनोट गरिएको हुनु पर्छ । ती बिरुवाले निम्त्याएको दुर्घटनाले गर्दा त्यस्ता प्रजातिका बिरुवाभन्दा आफ्नै वातावरणमा हुर्किरहेका स्वदेशी प्रजातिका बिरुवा लगाउनेबारेको सोच बन्दै आएको देखिन्छ ।

सडकको बिच र किनारमा वृक्षरोपण

हाल माइतीघरदेखि कोटेश्वर र कोटेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्मका सडक किनार र बिचमा लगाइएका विभिन्न शोभनीय वृक्ष, झाडी र मौसमी फूलहरूको अवस्थालाई केही देख्न लायक कार्य भएको मान्न सकिन्छ । काठमाडौँ उपत्यकाको हरियालीलाई नियाल्दा कोटेश्वरदेखि कलङ्कीसम्मको हरियाली पनि सुहाउँदो देखिन्छ । त्यसबाहेक सहरका भित्री भागमा पनि हरियालीका लागि विभिन्न किसिमका रुख बिरुवा लगाइएका छन् । कलङ्कीदेखि बालाजु हुँदै नारायणगोपाल चोक, चाबहिल र गौशालासम्म अलि हरियालीको मात्रा कम देख्न पाइन्छ । सायद चव्रmपथको दोस्रो चरणको निर्माण कार्यले पनि असर गरेको हुनु पर्छ । जेहोस् काठमाडौँका सडकहरू मात्र होइन यसका भित्री भागमा रहेका साना ठुला पार्कहरू र बागमती कोरिडोरमा लगाइएका बिरुवाले पनि यहाँको प्रदूषण कम गर्न केही न केही सहयोग पु¥याएको छ । काठमाडौँका सडकमा केही न केही हरियाली देख्न पाइन्छ । त्यसै गरी काठमाडौँ र ललितपुर दुई वटै महानगरपालिका तथा भक्तपुर नगरपालिकाका सडक किनार, पेटीलगायत चव्रmपथका विभिन्न स्थानमा पनि वृक्षरोपण गरिएका छन् । सहरका सडकको दायाँबायाँ वृक्षरोपण गरी, खाली स्थानमा बगैँचा तथा पार्कको निर्माण गरी हरियाली प्रवर्धन गरिएको छ र यसले प्रदूषणको मात्रा कम गर्न सहयोग पु¥याएको पनि छ ।

ट्राफिक आइल्यान्ड

सडकका बिचमा रहेका ट्राफिक आइल्यान्डमा हरियाली तथा साना उद्यानको पनि निर्माण गरी तिनीहरूको व्यवस्थापन कार्यमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको संलग्नता रहेको छ । काठमाडौँ महानगरपालिकाका अनुसार काठमाडौँका विभिन्न स्थानमा हाल २६ भन्दा बढी ट्राफिक आइल्यान्ड रहेका छन् ।

पार्क र उद्यानहरू

काठमाडौँको सौन्दर्यीकरणका लागि शङ्खधर पार्क ९पुरानो रत्नपार्क०, बालाजु पार्क, महाराजगन्जको शङ्ख पार्क, नन्दीकेशर बगैँचा ९नारायणचौर०, शङ्खमूलको शङ्ख पार्क, युएन पार्क जस्ता सार्वजनिक पार्कको सुधार गरिनुका साथै सशुल्क तथा निःशुल्क प्रवेश र व्यवस्थापन कार्य पनि भइरहेको देखिन्छ । यसले पनि काठमाडौँको हरियाली केही मात्रामा बढाएको छ ।

माइतीघर–तीनकुने हरियाली

केही दिनअघि हामी केही कामको सिलसिलामा माइतीघर मण्डलादेखि तीनकुनेसम्मको यात्रा ग¥यौँ । त्यसबेला माइतीघरदेखि तीनकुनेसम्मको करिब तीन किलोमिटरको यात्राका दौरान सडकका किनारा तथा बिचमा लगाइएका बिरुवा नियाल्ने मौका पनि मिल्यो । त्यस यात्राको समयमा देखिएका बिरुवाको विविधता र स्वास्थ्यसम्बन्धी केही अवलोकन गर्ने अवसर पनि मिल्यो, जसलाई निम्न प्रकारले नियाल्न सकिन्छ ।

बिरुवाको विविधता

यहाँ विविध प्रकारका बिरुवा लगाइएको देखिन्छ । माइतीघर मण्डलामा सेतो कनिकेको हेज लगाइएको छ, त्यसबाहेक रुख कमल, धुपी, पाम आदि प्रजातिका बिरुवा छन् भने मण्डलासँगैको तिनकुने स्थानमा सुगा पूmलसहित, क्यलियान्ड्रा जातका बिरुवा लगाइएका छन् । यी बिरुवाले मण्डला क्षेत्र सुन्दर देखिएको छ । त्यसपछि सुरु हन्छ तिनकुने तिर लाग्ने मूल सडक । यहाँबाट तिनकुनेसम्म सडकका दुवै किनार र सडकको बिचमा समेत विभिन्न प्रजातिका बिरुवा लगाइएका छन् । धुपी, समी, कपुर, काँगियो, जाकारान्डा, पाम, चाइनिज कल्की, राजवृक्ष, जापानिज मेपल, आरुफूल, जिङ्गो, जामुन, टेम्पल धुपी, नील कमल, असारे फूल, सिरिङ्गे, बैँस, देवदार, स्याल फुस्रे, पुवाँले, चाँप, पैँयु र पिपल जस्ता रुख छन् भने कामिनी, करवीर, चिनियाँ गुराँस, पहेँलो नीलकाँडा जस्ता झाडी प्रकारका बिरुवा लगाइएका छन् । हालै काठमाडौँ महानगरपालिकाले सहरको सौन्दर्यताका लागि विभिन्न स्थानमा बेगमबेली फूलका बिरुवा गमलामा राखेको छ ।

सडकको बिचमा लगाइएका काँगियो जातका अग्ला प्रजातिका बिरुवा

बिरुवाको छनोट

सडकको एकै लहर र एकै स्थानमा विभिन्न प्रजातिका बिरुवा मिसाएर लगाइएको छ । त्योभन्दा केही दुरीसम्म एक प्रजाति र अर्को केही दुरीसम्म अर्को प्रजाति गरेर समानुपातिक रूपमा लगाएको भए अझ राम्रो देखिन्थ्यो होला । पिपल, काँगियो जस्ता प्रजातिका बिरुवा पनि अन्य प्रजातिका बिरुवासँग मिसाएर लगाइएको छ । सडकको छेउ तथा बिचभागमा यस्ता ठुला र अग्ला किसिमका बिरुवालाई स्थान नदिनु नै राम्रो हुन्छ । त्यसकारण हचुवाका भरमा बिरुवा नलगाइएको भए राम्रो हुने थियो । तसर्थ सडक बन्नुअघि नै त्यस ठाउँको हावापानी र भौगोलिक अवस्था हेरी त्यहाँ सुहाउने प्रजातिका बिरुवाको छनोट गर्दा उचित हुन्छ । यसै गरी सडकको बिचभागमा पनि अग्ला प्रजातिका बिरुवा लगाइएको देखिन्छ । त्यसको सट्टा होचा बिरुवा लगाएर हेजको आकार दिन सकेको भए झन् राम्रो हुन्थ्यो ।

बिरुवाको व्यवस्थापन

लगाइएका बिरुवाको उचित व्यवस्थापन पनि एक महìवपूर्ण पाटो हो । तिनीहरूको व्यवस्थापन निम्न प्रकारले गर्न सकिन्छ ।

काटछाँट गरी आकार मिलाउने

बिरुवाहरू बढेर असुहाउँदो आकार लिन सक्छन् र धेरै अग्ला भएमा हावाहुरीले ढल्न पनि सक्छन् । त्यसले दुर्घटनासमेत निम्त्याउन सक्छ । त्यसकारण काँटछाँट गर्नुपर्ने हुन्छ । त्यसो त यहाँ लगाइएका धेरैजसो बिरुवाको काटछाँट गरी आकार मिलाइएको पनि छ । तैपनि केही ठुला रुख जस्ताको तस्तै हुर्किएका छन् । तिनीहरूलाई पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

बिरुवाको हेरचाह

बिरुवामा विभिन्न किसिमका रोग लाग्न सक्छन् । ती रोग अन्य बिरुवामा सरेर बिरुवा सुक्ने, मर्ने जस्ता प्रकोप हुन सक्छ । त्यसकारण समय समयमा बिरुवाको स्थितिको अवलोकन गरी रहनु पर्छ रोग लागेमा उपचार गर्नु पर्छ ।

केही बिरुवालाई आकाशबेलीले ढाकेको देखियो । आकाशबेलीलाई अमरबेली वा अमरलता पनि भन्ने गरिन्छ । यो एक किसिमको परजीवी बिरुवा हो । यो एक बिरुवाबाट अर्कोमा सर्दै जान्छ । कालान्तरमा बिरुवा मर्न सक्छ । यसमा सम्बन्धित निकायले तुरुन्त ध्यान पुयाउन आवश्यक देखिन्छ । यसका लागि उचित ढङ्गबाट योजना तयार गरी कहाँ, कसले र कसरी गर्ने भन्ने खालका प्रश्नमा राम्रोसँग मन्थन गर्न अति आवश्यक छ । कहीँ न कहीँ, कोही न कोहीद्वारा यस्ता काम यी सहरमा सञ्चालन भइरहेका छन् । यसमा सरकारी, निजी, गैरसरकारी र दातृ संस्था पनि संलग्न छन् तर पनि उचित, एकीकृत र व्यवस्थित ढङ्गबाट कार्य हुन सकिरहेको छैन । हालका केही वर्षमा सहरी सौन्दर्यीकरणमा केही संस्थाले गरेको योगदानमा प्रश्न उठाउने ठाउँ त छैन तैपनि बनाएर मात्र पुग्दैन, बनाउँदैमा जिम्मेवारी सकिँदैन, त्यसको स्याहार सुसारलाई निरन्तरता र व्यवस्थापन संस्थागत गर्नु प्रमुख कार्य हो । यो कुनै एक व्यक्ति, समूह वा संस्थाको जिम्मेवारी पनि होइन । यस कार्यमा ककसको सहभागिता र जिम्मेवारी हुने विषयमा पनि सोच्नुपर्ने हुन्छ ।

ताजा समाचार

परराष्ट्रमन्त्री डा राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले...

प्रदर्शनकारीद्वारा बङ्गलादेशका सरकारी भवनमा आागजनी

काठमाडौं । बङ्गलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा प्रदर्शनकारीले एकैदिन धेरै सरकारी भवनमा आगो लगाइदिएका...

ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई...

भगवानको कृपाले म बाँचे : पूर्वराष्ट्रपति ट्रम्प

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति एवम् रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आइतबार भएको...