विपि र अरनिको राजमार्गको विभिन्न खण्ड अवरुद्ध

Published on

काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वी जिल्ला जोड्ने विपि राजमार्गको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले वर्षाका कारण विपि राजमार्गको काभ्रेपलाञ्चोक खण्डको विभिन्न खहरे खोलामा लेदो आउँदा राजमार्ग अवरुद्ध भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले वर्षाका कारण रोशी गाउँपालिका –८ को नार्के, चारसयबेँसी, वडा नम्बर–९ स्थित मङ्गल जनविजय मावि अगाडि वडा नम्बर– ११ कालढुङ्गा र वडा नम्बर –१२ माम्तिस्थित खहरे खोलाबाट लेदो आई रामजार्ग अवरुद्ध भएको बताउनुभयो ।

उहाँले अवरुद्ध सडक खुलाउन इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाई सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो । प्रहरी नायव उपरीक्षक श्रेष्ठले अवरुद्ध सडकमध्ये रोशी गाउँपालिका –७ लासकोटस्थित अवरुद्ध सडक स्काभेटर र जेसिभीको सहायताले एकतर्फी खुलाइएको बताउनुभयो । यसैबिच वर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका –८ स्थित ५२ किलोमा खहरेखोलामा आएको लेदोको कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउन स्थानीय तहसँग सहकार्य गरेर जेसिभीको सहायताले राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । गोरखापत्र

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...