अरुण नदिमा बाढी : डाईभर्सन बाँध माथिबाट बग्न थाल्यो पानी

Published on

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बाँध निर्माण स्थलको अस्थायी बाँध माथिबाट पानी बग्न थालेको छ । जलविद्युत आयोजनाको डाईभर्सन टनेलबाट पनि पानी पूर्णरुपमा बग्न थालेको छ ।

शनिबार बिहान अरुण नदिमा आएको बाढीका कारण टनेल भित्र ढुङ्गा तथा मुडा जम्मा भएपछि पानी बग्न अवरोध भएको थियो । त्यसपछि पानी टनेलतर्फ पठाउन बनाइएको बाँध भरिएको थियो । अहिले टनेल र बाँधमाथि गरी दुवैबाट पानी बग्न थालेको बताइएको छ । अरुण नदिमा माथिल्लो क्षेत्रबाट नै ठुलो बाढी आएको मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले जानकारी दिनुभयो । अरुण नदिको बहाब भोटखोला क्षेत्रमा नै ठुलो रहेको खबर प्राप्त भएको उहाँले जानकारी दिनुभयो । शनिबार बिहान करिव ७ बजेदेखि पानीको बहाब बढ्दो रहेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

अहिले डाईभर्सन टनेलबाट पूर्ण क्षमतामा पानी बगेको भए पनि त्यहाँबाट नअटेर बाँध माथिबाट बगिरहेको उहाँ बताउनुहुन्छ । अरुण नदिमा पानीको बहाब बढेपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ । चिचिला गाउँपालिकाको सन्तले, पुखुवा, खाँदबारी नगरपालिकाको तुम्लिङटार लगायतको क्षेत्र उच्च जोखिममा रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...