सडक विस्तारमा ध्यान नदिँदा गाउँ नै अन्धकार

Published on

काठमाडौं । गुल्मीमा सडक विस्तारमा उचित ध्यान नदिँदा विद्युतको हाइटेन्सनको पोल पहिरोको जोखिममा परेको छ । पोलको उचित व्यवस्थापन नगरी सडक विस्तार गरेका कारण हुँगा फिडरका करिव दुई हजार घरधुरी शनिबार बिहानैदेखि लाइनविहीन छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिकाको ४ बिरबास नजिकै मदन भण्डारी राजमार्गको सडक बिस्तारको क्रममा हाइटेन्सन पोल जोखिम अवस्थामा रहेकोे छ । सडक विस्तारको क्रममा पोलको उचित व्यवस्थापन नगरी बिस्तार गरेकाले समस्या आएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले जानकारी दिनुभयो । पहिले नै आफूहरुले पोलको व्यवस्थापन गर्नका लागि आग्रह गर्दा गर्दै वेवास्था गर्दा समस्या आएको उहाँको भनाइ छ । कार्यालयमा आफूहरुसँग बजेट नभएकाले पोलको लागत अनुमान तयार गरी मदन भण्डारी रार्जमार्गलाई उपलब्ध गराएको पोखरेलको दाबी छ ।

यता मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घासका साइड इन्जिनियर दीपक बिकले स्पेस छोडेरै कटिड गरेको र पछि पहिरोका कारण जोखिम अवस्थामा रहेको बताउनुभयो । पहिले कार्यालयसंग बजेट नभएका कारण पोलको स्थानान्तरण गर्न नसकिएको उहाँको भनाइ छ । अहिले बिरबास सवस्टेसनबाट हुँगा फिडरमा जाने लाइन अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले जनाएको छ । जोखिम बढी भएकाले लाइन काटिएको कार्यालयले जनाएको छ । जसका कारण दुइ हजार बढी घरधुरीमा लाइन नभएको कार्यालयले जनाएको छ । राजमार्गको सडकमा अन्य पोलहरु पनि जोखिम अवस्थामा रहेको पोखरेलले बताउनुभयो । शनिबार बिहानै देखि लाइन नहुँदा समस्या भएको त्यहाँका स्थानीयहरुले जनाएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्नुहुने भएको छ । नेपाली...

रेसुङ्गा पार्कले बढायो आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा...

महिला लिग : संकटाको विजयी सुरुवात

काठमाडौं । संकटा क्लबले सहिद स्मारक एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति...