सडक विस्तारमा ध्यान नदिँदा गाउँ नै अन्धकार

Published on

काठमाडौं । गुल्मीमा सडक विस्तारमा उचित ध्यान नदिँदा विद्युतको हाइटेन्सनको पोल पहिरोको जोखिममा परेको छ । पोलको उचित व्यवस्थापन नगरी सडक विस्तार गरेका कारण हुँगा फिडरका करिव दुई हजार घरधुरी शनिबार बिहानैदेखि लाइनविहीन छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिकाको ४ बिरबास नजिकै मदन भण्डारी राजमार्गको सडक बिस्तारको क्रममा हाइटेन्सन पोल जोखिम अवस्थामा रहेकोे छ । सडक विस्तारको क्रममा पोलको उचित व्यवस्थापन नगरी बिस्तार गरेकाले समस्या आएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले जानकारी दिनुभयो । पहिले नै आफूहरुले पोलको व्यवस्थापन गर्नका लागि आग्रह गर्दा गर्दै वेवास्था गर्दा समस्या आएको उहाँको भनाइ छ । कार्यालयमा आफूहरुसँग बजेट नभएकाले पोलको लागत अनुमान तयार गरी मदन भण्डारी रार्जमार्गलाई उपलब्ध गराएको पोखरेलको दाबी छ ।

यता मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घासका साइड इन्जिनियर दीपक बिकले स्पेस छोडेरै कटिड गरेको र पछि पहिरोका कारण जोखिम अवस्थामा रहेको बताउनुभयो । पहिले कार्यालयसंग बजेट नभएका कारण पोलको स्थानान्तरण गर्न नसकिएको उहाँको भनाइ छ । अहिले बिरबास सवस्टेसनबाट हुँगा फिडरमा जाने लाइन अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले जनाएको छ । जोखिम बढी भएकाले लाइन काटिएको कार्यालयले जनाएको छ । जसका कारण दुइ हजार बढी घरधुरीमा लाइन नभएको कार्यालयले जनाएको छ । राजमार्गको सडकमा अन्य पोलहरु पनि जोखिम अवस्थामा रहेको पोखरेलले बताउनुभयो । शनिबार बिहानै देखि लाइन नहुँदा समस्या भएको त्यहाँका स्थानीयहरुले जनाएका छन् । गोरखापत्र

ताजा समाचार

क्याप्टेन वेद उप्रेतीको ‘पाइलट प्रेम’ पुस्तक विमोचन

अरुण डगौरा । क्याप्टेन वेद उप्रेतीको नयाँ पुस्तक ‘पाइलट प्रेम’ विमोचन गरिएको छ ।...

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र...

भीम रावलले धनगढीमा जागरण भेलाको आयोजना गर्ने

काठमाडौँ । नेकपा (एमाले)बाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लाग्नु भएका पूर्व उपप्रधानमन्त्री भीम...

पृथ्वी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बर्दियाले पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेको...