सुनचाँदीका गहनासहित युवा पक्राउ

Published on

काठमाडौं । भन्सार छलेर नेपाल भित्र्याइदै गरेको सुनचाँदीका विभिन्न गहनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले सात तोला १० लाल ७ प्वाइन्ट सुनका गहना र आठ किलो चाँदीका गहनासहित भारतको महाराजगन्ज जिल्ला नौतनुवास्थित कुरहवाका उपेन्द्र बर्मालाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार युपी ५६ एडी ८०३६ नम्बरको मोटरसाइकलमा भारतमा गहना बनाएर नेपाल भित्र्याइदै गरेको आशङ्कामा बर्मालाई पक्राउ गरिएको हो । बरामद गहनासहित बर्मालाई आवश्यक कारबाहीका लागि शुक्रबार भैरहवा भन्सार कार्यालय बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...