सुनचाँदीका गहनासहित युवा पक्राउ

Published on

काठमाडौं । भन्सार छलेर नेपाल भित्र्याइदै गरेको सुनचाँदीका विभिन्न गहनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले सात तोला १० लाल ७ प्वाइन्ट सुनका गहना र आठ किलो चाँदीका गहनासहित भारतको महाराजगन्ज जिल्ला नौतनुवास्थित कुरहवाका उपेन्द्र बर्मालाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार युपी ५६ एडी ८०३६ नम्बरको मोटरसाइकलमा भारतमा गहना बनाएर नेपाल भित्र्याइदै गरेको आशङ्कामा बर्मालाई पक्राउ गरिएको हो । बरामद गहनासहित बर्मालाई आवश्यक कारबाहीका लागि शुक्रबार भैरहवा भन्सार कार्यालय बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ । गोरखापत्र

ताजा समाचार

सुस्माको ह्याट्रिकमा वालिङको पहिलो जित

काठमाडौँ । बागमती प्रदेशले वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगको सुपर चरणमा पहिलो जित हात...

घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा...

प्रधानमन्त्री कप : मधेशलाई हराउँदै बागमती सुपर फोरमा

काठमाडौँ । बागमती प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० काठमाडौँ । क्रिकेट प्रतियोगिताको सुपर...

नदीजन्य पदार्थको उत्खनन भइरहेको क्षेत्रमा छड्के अनुगमन

काठमाडौँ । जिल्लामा नदीजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्रमा जिल्ला समन्वय समितिको टोलीले छड्के अनुगमन...