सिस्नेरी–दक्षिणकाली सडक सुचारु

Published on

काठमाडौं । अविरल वर्षापछि आएको पहिरोका कारण हेटौँडा हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्गहरुमध्ये तीन वटा सडक अवरुद्ध बनेकोमा कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक बिहानबाट सुचारु भएको छ ।

कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकको मकवानपुरको इन्द्रसरोबर गाउँपालिका २ छेपारेस्थित सडक खण्डमा आएको पहिरो पन्छाएर शनिबार बिहान ९ः१५ बजेबाट अवरुद्ध सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शुक्रबारदेखिको अविरल वर्षापछि कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकको मकवानपुरको इन्द्रसरोबर गाउँपालिका २ छेपारेस्थित सडक खण्डमा सडकमाथिबाट पहिरो आई सडक शनिबार बिहान २ः५० बजेबाट पूर्णरुपमा अवरुद्ध भएको थियो । यस्तै, इन्द्रसरोबर गाउँपालिका ५ महालक्ष्मी खोला नजिक मातातीर्थ–चखेल–देउराली जाने सडक खण्डमा पहिरो गएर उक्त सडक खण्डमा शनिबार बिहान ७ बजेबाट पूर्ण अवरोध भएको छ । पहिरो हटाएर सडक सुचारु गर्ने कार्य भइरहेको प्रहरीको भनाइ छ ।

उता भीमफेदी गाउँपालिका ४ रातोमाटेमा पहिरो गएर सडक अवरुद्ध बनेको छ ।

यसैगरी कान्ति लोकपथ अन्तर्गत मकवानपुर खण्डमा चार स्थानमा पहिरो गएको छ । कान्ति लोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका ८ स्थित प्रतापडाँडा, महादेवटार र बकैया गाउँपालिका १२ को आले र वडा नं.११ को सिमात घुम्तीमा पहिरो खसी उक्त सडक खण्ड शनिबार बिहान २ः१० बजेबाट पूर्ण रुपमा बन्द रहेको छ । उक्त सडकको ललितपुरतर्फको सडक खण्डमा अवरोध रहेको जनाइएको छ । अवरुद्ध सडकहरु सुचारु गर्न सडक विभागसँग समन्वय भइरहेको जनाइएको छ । हेटौँडाबाट पालुङ हुँदै काठमाडौँ जाने त्रिभुवनराजपथ सडकखण्ड र चित्लाङ–चन्द्रागिरी हुँदै काठमाडौँ निस्कने सडक अवरोध नभएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...