राप्ती नदीले सतर्कता तह पार गरेपछि तटीय क्षेत्रमा सूचना जारी

Published on

काठमाडौं । दुई दिनदेखि भएको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले सतर्कताको विन्दु पार गरेपछि बाँकेको तटिय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ । कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह सतर्कताको विन्दु ६ मिटर पार गरिसकेकाले नदी वरिपरिका बाँकेका दर्जनौ गाउँ बस्ती बाढीको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । शनिबार दिउँसो १२ बजे राप्ती नदीमा पानीको सतह सतर्कताको बिन्दु पार गरेर ६ मिटर ४० सेन्टिमिटर पुगेको र अझै बढ्दै गएकाले जिल्लाका धेरै गाउँ बस्ती जोखिममा पुगेको उहाँले बताउनुभयो । सोही कारणले जोखिम हुन सक्ने सबै ठाउँमा स्थानीयलाई अलर्ट गरेर स्थानीय विपद् व्यवस्थापन समितिहरुलाई समेत तयारी अवस्थामा रहन निर्देशन दिइएको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार कसुममा पानीको सतह सात मिटर पुगेपछि जिल्लाका धेरै ठाउँ डुबान र बाढीमा पर्ने हुँदा सबैलाई अलर्ट गरेर तयारी अवस्थामा राखिएको छ । दाङ, रोल्पा, प्युठानमा लगातार केहीदिनदेखि पानी परेकाले नदीको सतह बढ्दै गएको हो । शनिबार बिहानैबाट नदी क्रमिक रुपले बढ्दै गएको छ । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको समितिले जनाएको छ । सूचना अधिकृत ज्ञवालीले पानीको सतह बढेपछि नदीको वरिपरिका सबै गाउँ बस्तीमा सतर्क रहने सूचना पठाइएको बताउनुभयो । राप्ती नदीको बाढी तल्लो तटिय क्षेत्रमा आइपुग्न करिव चारदेखि पाँच घण्टा समय लाग्ने अनुमान गरिन्छ । कुसुममा पानीको सतह ६ मिटर पुग्ने वित्तिकै सतर्कता स्वरुप नदी छेउछाउमा अलर्टको साइरन बजाइन्छ । नदीको सतह ७ मिटर सेन्टिमिटर पुग्ने वित्तिकै राप्ती नदी आसपासका दर्जनौं गाउँ डुब्ने गरेका छन् ।

भारतले अन्तर्राष्ट्रिय नियम विपरित लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा विगत धेरै वर्षदेखि बर्सेनी डुबानमा पर्दै आएका छन् । नदीको सतह बढेर ६ मिटर ४० सेन्टिमिटर पुगेपछि राप्तीपारीको उच्च जोखिममा रहेका क्षेत्रहरुमा हाई अलर्ट जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनुभयो । उहाँले जोखिमका क्षेत्रबाट स्थानीयलाई उच्च क्षेत्रमा जान आग्रह गरिएको र ती सबै ठाउँमा सुरक्षा निकायका तीनवटै निकायलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । आवश्यक परेमा हेलिकोप्टर लगायतलाई पनि तयारी अवस्थामा राखिएको प्रजिअ रिजालले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...