चार वटा गाईको जीवितै उद्धार

Published on

काठमाडौं । मकवानपुरमा वर्षाका कारण गाई फार्मको गोठ भास्सिएर पुरिएका चार वटा गाईलाई जीवितै उद्धार गरिएको छ । मकवानपुर गढी गाउँपालिका २ छाप कीर्तिडाँडास्थित बेबी एग्रिकच्चरको गाई फार्मको गोठ शनिवार बिहान अविरल वर्षासँगै ७ः३० बजेको समयमा भास्सिएपछि फार्ममा रहेका चार वटा गाई पुरिएका थिए ।

मकवानपुर गढी गाउँपालिका २ का वडाध्यक्ष बखानसिं पाख्रिनले गोठको छानालगायतले पुरिएको अवस्थामा स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा लामो प्रयासपछि गाईलाई जीवितै उद्धार गरिएको जानकारी दिनुभयो । सन्तकुमार घलानसहित दुई जनाले सञ्चालन गर्दै आउनुभएको फार्मको नयाँ संरचना भएकोले भास्सिएको हुनसक्ने वडाध्यक्ष पाख्रिनले बताउनुभयो । फार्ममा गाई हेरालुको काम गर्दै आउनुभएका तेजबहादुर मोक्तानको चार दिनकी सुत्केरी श्रीमती भने भास्सिएको गोठबाट भागेर ज्यान जोगाउन सफल हुनुभएको छ ।

वडाध्यक्ष पाख्रिनले गोठ एक्कासि भास्सिन थालेपछि बच्चासहित हाम फालेर ज्यान जोगाउन सफल भएको र सामान्य दक्खल पुगेको भन्दै गाई फार्मको नयाँ संरचना भएकोले भास्सिएको हुनसक्ने बताउनुभयो । तेजबहादुर बिहान दूध बिक्री गर्न गएको समयमा गोठ भास्सिएको थियो । यसैबिच अविरल वर्षाको कारण हेटौँडा उपमहानगरपालिका ५ को विभिन्न स्थान शनिवार डुबानमा परेको छ । मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीको नेतृत्वमा प्रभावित क्षेत्रमा उद्धार कार्य गरिएको थियो । वर्षाको कारण करिब २५ वटा घर डुबानमा परेको र मानवीय क्षति नभएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...